स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपालसँग सीमा जाडिएको चीनको उत्तरी व्यापारिक नाका रसुवागढी मङ्गलबार राति १२ बजेबाट बन्द गरिने भएको छ।
काठमाडौं, वैशाख २६ गते । महानायक राजेश हमाल नयाँ फिल्म 'मायाको माया'मा अनुबन्धित हुनुभएको छ । हमालले दुई दिनअघि मात्र यो फिल्मसँग सम्झौता गर्नुभएको हो । रोहित करण वैद्यको निर्देशन रहने यस फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । अनुपविक्रम शाहीले इन्स्टा स्टोरीमा शुभमुहूर्त गरेको फोटो राख्दै 'मायाको माया'मा काम गर्न लागेको जानकारी गराउनुभएको हो । महानायक हमाल यसअघि भने शङ्कर कार्कीको निर्देशनमा निर्माण हुने फिल्मबाट कमव्याकको तयारीमा हुनुहुन्थ्याे ।
पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९३ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सरकारले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन एमेच्योर गल्फर सुवास तामाङले अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा सुवासले आठ अन्डर ६४ खेल्नुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणना सुरक्षाप्रति आशङ्का व्यक्त गर्नुभएको छ । पोखरामा सोमबार आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले गठबन्धनका दलले मतपत्र च्यात्न सक्ने आरोप लगाउँदै मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिनुभयो ।
गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएनए स्पोर्ट्स एकेडेमीका कार्यवाहक सदस्य सचिव धर्मराज गिरीले एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये १८ खेलमा सहभागीता जनाउने बताउनुभएको छ ।
जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । जेभियर पुरुष तथा नाथम महिलामा च्याम्पियन बनेको हो ।
काठमाडौं, वैशाख २६ गते । अभिनेता अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज' को ट्रेलेर सार्वजनिक भएको छ । २०२२ को प्रतीक्षित फिल्म मध्यको एक 'पृथ्वीराज' पनि हो जसमा अक्षय कुमार र पूर्वमिस वर्ल्ड मानुषी छिल्लर मुख्य भूमिकामा हुनुहुन्छ। फिल्ममा इतिहास र देशभक्ती दुवै समेटिएको छ । फिल्म सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको बताइएको छ । फिल्मको ट्रेलरमा अक्षय कुमार र मानुषीसँगै सोनु सुद पनि देखिनुभएको छ । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा हुनुहुन्छ । फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नुभएको हो ।
पाहुना टोली जिम्बावेले नेपाललाई जितको लागि दुई सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १३ रन बनायो ।
काठमाडौँ, वैशाख २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभएर जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशाययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गर्नुभयो ।नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।” सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लाग्नुभएको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।
काठमाडौं, वैशाख २५ गते । माेहन वैद्य 'किरण' र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे पार्टी परित्याग गर्दै केही नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएकाे छ ।वैद्य माओवादीको केन्द्रीय सदस्य तथा वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईंको नेतृत्वमा केही नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।त्यस्तै, नेत्रविक्रम चन्द 'विप्लव' परित्याग गरेर जनसमाजवादी मञ्चमा रहनुभएका केन्द्रीय सदस्य धनबहादुर महर्जनसहितका नेता तथा कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमा अध्यक्ष प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभएकाे थियाे ।
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहको प्रमुख–उपप्रमुखमा सत्तारुढ गढबन्धन र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडाैं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएकाे छ ।स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा उहाँले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएकाे हाे । उहाँले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेकाे बताउँदै त्यसलाई परास्त गरी परिवर्तनका एजेण्डा स्थापित गराउन अपिल गर्नुभएकाे छ ।अपिलमा भनिएको छ, ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् , त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईंको रुपमा लिएका छौँ।’प्रचण्डले निर्वाचनमार्फत् स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा , स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत् सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको पनि उल्लेख गर्नुभएकाे छ ।अपिलमा अध्यक्ष प्रचण्डले यथास्थितिमै रुमल्लिन रहर र छुट दुबै नभएको बताउँदै भन्नुभएकाे छ, ‘त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)लाई मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ।’
बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धादिङका सातजना चेपाङले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलबाट सीमान्तकृत चेपाङ समुदायका व्यक्तिहरुले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । वडा अध्यक्षको उम्मेदवारी दिनेमा एक महिलासहित सातजना चेपाङ रहेका छन् । सातैजना उम्मेदवारहरु वडाको समग्र विकास, सामाजिक रुपान्तरण अनि चेपाङ समुदायको विकास र उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।