मीना कँडेलकावासोती, साउन २९ गते । नेपाल विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान अध्ययनका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ ।नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीसहितको विज्ञ टोली स्थलगत निरीक्षण गर्न सातांै पटक सो क्षेत्रमा पुगेकाले विश्वविद्यालय बन्ने सम्भावना बलियो बन्दै गएको बताइएको छ । विश्वविद्यालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यबिन्दु नगरपालिका वडा नम्वर ९ को भूभाग सहज हुने बताइएको छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च बनेकाले आफूहरु विभिन्न चरणको छलफल र अध्ययनपछि विज्ञ टोलीसहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नुभयो ।पूर्व शिक्षामन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधारसँगै समाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उद्देश्यसहित अगाडि बढेको बताउनुभयो ।विश्वविद्यालय स्थापनाका लागि स्थानीय पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउँपालिककाा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।
जनै पूर्णिमाको अवसरमा पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ । देउडा संस्कृत बचाउन आयोजना गरिएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गर्नुभएको थियो ।
लक्ष्मीपुरपतारी वडा नम्बर–६ सीतापुर चोकमा रहेको रामामहन्थी माध्यमिक विद्यालयको दाता महन्थी यादवको मृत्यु भएपछि विद्यालयको शैक्षिक र भौतिक प्रगति लथालिङ्ग भएको छ ।
लीला झापालीबिर्तामोड, साउन २९ गते । झापाको बिर्तामोड नगरपालिका –४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालकलाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोरिक्सालाई रोकी चेकजाँच गर्दा पक्राउ परेकाे हाे । अटोचालक सुनसरी घरभई हाल बिर्तामोड डेरा गरी बस्ने वर्ष ४० को उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।यसैगरी, चौधरीलाई थप सोधपुछ गर्दा सिराह अमरुवा गाउँपालिका -५ घरभई हाल बिर्तामोड नगरपालिका -३ मा डेरा लिई बस्ने प्रतीक्षा चौधरीसमेतको सम्लग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ । हाल दुबैलाई आवश्यक कारवाहीका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
फिनल्याण्ड, हेल्सिन्की, साउन २९ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ ।” नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अबको नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास हो, सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ । यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् ।” विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उहाँले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “प्रकृतिले दिएको साधन र स्रोतलाई उपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्छ । कला, संस्कृतिका हिसाबले पनि अद्वीय नेपालमै राम्रो काम गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ ।” कृषि, जलस्रोत र पर्यटनको विकास तथा प्रवद्र्धन गरेर नै नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालले पछिल्लो समय विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको जानकारी दिनुभयो । मन्त्री भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो देशको उर्वराभूमि, प्राकृतिक सम्पदा एवं साधन स्रोत सम्झेर सबै नेपालीलाई नेपाल फर्कन आग्रह गर्दछु ।” नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भन्नुभयो, “फिनल्याण्डमा बस्ने नेपालीहरू एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ । विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन ।” उहाँले काउन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो । मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि फिनल्याण्डमा सक्रिय रहेको गुल्मी÷रुपाकोट समाजका अध्यक्ष भक्तिराम भण्डारीले नेपालीलाई फिनल्याण्डमा बसोबासका लागि कुनै पनि समस्या नभएको बताउनुभयो । उहाँले नेपाल र फिनल्याण्ड आवतजावतका लागि भिसा प्रक्रियाका लागि अर्को देश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुयभो । कार्यक्रममा पाँच सयभन्दा बढी नेपालीको सहभागिता थियो । जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिम कम गर्ने विषयमा नेपाल सरकार र फिनीस सरकारबीच हुँदै आएको सहकार्यको निरन्तरता एवं उच्चस्तरीय अध्ययन तथा छलफलका लागि मन्त्री भुसालसहित जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित उच्चस्तरीय टोली फिनल्याण्ड आएको छ ।
जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् ।
गोरखाको गण्डकी गाउँपालिका अध्यक्षले पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले आफ्नो पहिलो महिनाको सेवा सुविधा वडा नं. ७ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यपक दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाल–भारत नाकाको जमुनाहा र नेपालगञ्जमा लागूऔषध ओसारपसार, सेवन र विक्रीमा अत्यधिक कडाइ गरिएपछि कोहलपुर लागू पदार्थको गढ बन्न पुगेको छ ।
नारद कोहारतौलिहवा, साउन २८ गते । कपिलबस्तुको शिवराज नगरपालिका -१ सुरही खोलामा शंकास्पद वस्तु फेला परेको छ । गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको सो वस्तुलाई नेपाली सेनाले शनिबार डिस्पोज गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई केही समय अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।ठूलो आवाजमा डिस्पोज भएको उक्त वस्तु फेला परेर ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुरबहादुर खड्काले बताउनुभयो । शुक्रबार जानकारी प्राप्त भएको र शनिबार बिहान गोरुसिङ्गेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले सो वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।तत्कालीन द्वन्द्वकालमा उक्त वस्तु त्यहाँ छुटेको हुनसक्ने अनुमान गरिएकाे छ । सुरक्षालाई मध्यनजर गरी उक्त वस्तु डिस्पोज गरिएको उहाँले बताउनुभयो ।
जनार्जन खत्रीसर्लाही, साउन २८ गते । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) जनश्रमदानको काममा आफैँ खटिन थाल्नुभएको छ । उहाँ केही दिनदेखि सडकमा दुर्घटना गराउने जोखिम रहेका ढुङ्गा टिप्ने, बाढीले बिगारेको सडक पुनर्निर्माण गर्ने जस्ता काममा सरिक हुन थाल्नुभएको हो । शनिबार बिहान मात्रै नगरप्रमुख बुढाथोकीकै अगुवाईमा हरिवन नगरपालिका–८, फेदीमा कैलाशपुरी खोलाले बगाएको सडक पुनर्निर्माण गरिएको छ । हरिवनदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित क्यानेश्वरतर्फ जाने सडक वर्र्षामा बाढी आएर बिगारेकोमा नगरप्रमुख बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ता र स्थानीयवासी समेतको उपस्थितिमा ढुङ्गा बिच्छयाएर पुनर्निर्माण गरिएको हो । झण्डै ४० मिटर सडक पुनर्निर्माण गरिएको स्थानीयले बताएका छन् । नगरप्रमुख बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलसहित ४० जना भन्दा बढी स्थानीय दुई घण्टा श्रमदानमा खटिनुभएको थियो । माओवादी केन्द्र सर्लाहीको संयोजक समेत रहनुभएका नगरप्रमुख बुढाथोकीले आवश्यकता अनुसार अब यसैगरी साप्ताहिक रुपमा जनश्रमदानको काम गर्दै जाने बताउनुभएको छ । नगरप्रमुख बुढाथोकी यसअघि हरिवन बजार क्षेत्रमा सवारी दुर्घटना हुने गरी सडकमा रहेका ढुङ्गो टिप्ने काममा खटिनुभएको थियो । स्थानीयका अनुसार शनिबार दुई घण्टा जनश्रमदान गरेर ढुङ्गा बिच्छयाइएको फेदीस्थित कैलाशपुरी खोलामा अहिलेसम्म पुल बन्न सकेको छैन । हरिवनबाट क्यानेश्वर जोड्ने करिव १५ किलोमिटर सडक वर्र्षायाममा बाढी आउँदा बन्द जस्तै हुने गरेको छ । दुई दशक अघि नै निर्माण भएको उक्त ग्रामीण सडक स्तरोन्नति नहुँदा हरिवन बजारसम्म आउजाउ गर्नुपर्ने क्यानेश्वर क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् ।
स्याङ्जामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । वालिङ र आँधीखोलामा गरी दुई जनाको ज्यान गएको हो । वालिङमा हिँड्ने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ भने आँधीखोला गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल वर्षासँगै टम्म भरिएर थप आकर्षक बनेको कारण पर्यटकहरु बाक्लिन थालेका हुन् ।
काठमाडौं, साउन २८ गते । गाईजात्रा अर्थात् नेवार समुदायमा 'सापारु' । सापारु काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइन्छ । सापारु नेपाल संवत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।यस्तै, नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ ।संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ वर्षभरिमा कति मानिस मरे भन्ने थाहा हुने कारण यसलाई मृत्य गणनाको उत्सव पनि भन्न मिल्ने बताउनु हुन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विव्हल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु आज्ञा दिएको उल्लेख छ । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेशसँगै यस प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाइन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा अर्को पनि जन विश्वास रहेको पाइन्छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा सापारु निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने भन्ने मानिन्छ । यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने गरिन्छ ।संस्कृतिविद् श्रेष्ठका अनुसार, अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिएको पाइन्छ । सा अर्थात् गाई पारु भन्नाले प्रतिपदा । प्रतिपदाको दिन मनाउने कारण सापारु भनिएको हो । मानिसलाई सभ्याताको संसारमा पाइला टेकाउन गाईको ठूलो योगदान रहेको छ ।उहाँ भन्नुहुन्छ, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो ।आजको दिनलाई वर्षभरिमा मरेका आफ्नाहरुको मुक्तिका लागि मनाइने जात्रा पनि भनिन्छ । मरेकाहरुको लागि यस दिन गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास पनि छ । संस्कृतिविद् श्रेष्ठले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ’सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको उल्लेख गर्नुभयो । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उहाँको भनाइ छ ।भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ ।उहाँ भन्नुहुन्छ, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता छ, भक्तपुरमा केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउने चलन छ ।’’ भक्तपुरमा सापारुको दिन र त्यसपछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङ्गात्मक नाटक साँस्कृतिक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट सापारु शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुने संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । तस्बिरहरु : उपेश महर्जन
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
कपिलबस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण वर्षौंदेखि दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा छन् । दुवै नदीले पुर्व र पश्चिमबाट वर्षौंदेखि गाउँबस्ती नजिकै कटान गरे पनि नदी नियन्त्रणको खासै प्रयास नहुँदा स्थानीय बासिन्दा वर्षाको समयमा रातभर जाग्राम बस्न बाध्य भएको बताउँछन् ।