दिवाकर पोख्रेल देउखुरी, साउन ३१ गते । दाङको देउखुरीमा राप्ती कोरिडोर निर्माण हुने भएको छ । राप्ती नदीको दुबै क्षेत्रमा करिडोर निर्माण हुने भएको हो । एशियाली विकास बैंक (एडिवी) को करिव १० अर्वको लगानीमा निर्माण हुने कोरिडोर राप्ती गाउँपालिकाबाट शुरु भएर बाँके जिल्लाको राप्ती सनोरी गाउँपालिकाको अघैयामा सम्म पुग्नेछ ।शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीस्थित ईन्टेक नम्बर २ मा विधिवत् रुपमा शिलान्यास गर्नुभएको छ । कोरिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले राप्ती कोरिडोर देउखुरीबासीको भविष्य र आफ्नो सपनाको परियोजना भएको बताउनुभयो । सङ्घीय निर्वाचनका बेला आफूले जनता माझ गरेको चार वटा महत्वपूर्ण याजना मध्ये राप्ती कोरिडोर पनि भएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,“राप्ती कोरिडोर यत्तिकै ल्याइएको योजना होइन, यसबाट राप्ती नदीले कटान गर्ने देउखुरी उपत्यकाको हजारौं विगाहा जग्गा संरक्षण हुने, नदीको दुबै किनाराबाट सडक जाने हुँदा सभ्यतामा आधारित कोरिडोरको रुपमा लिन सकिन्छ ।” मन्त्री चौधरीले परियोजना कार्यान्वयनको लागि एडिबिका नेपाल निर्दशक (कन्ट्रि डाईरेक्टर)सँगको छलफलपछि बजेट सुनिश्चित भएर काम अघि बढाइएको जानकारी दिँदै बजेटको अभाव नहुने बताउनुभयो । –राप्ती कोरिडोरको शिलान्यास गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीसोही कोरिडोरमा पर्नेे सिहिनियाँमा ८७ विगाहा रहेको जानकारी दिँदै उक्त स्थनमा विमानस्थल बनाउन सकिने बताउनुयो । देशका ठूला कोरिडोर मध्ये धोबी खोला कोरिडोर र बागमती कोरिडोरपछि राप्ती कोरिडोर भएकाले पनि यस परियोजनालाई दाङ्बासीको सपना भएको बताउनुभयो ।लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी कार्यान्वयनका लागि राप्ती नदी सभ्यतामा आधारित नयाँ शहरको परिकल्पना गरेको छ । जसको विस्तृत परियोजना प्रतिवेदन प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेर नदी उकास क्षेत्रमा ल्याण्ड पुलिङको आधारमा नयाँ शहरको परिकल्पना गरेको छ । सोही परियोजनालाई समेट्दै राप्ती कोरिडोर बन्न लागेको हो । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले राप्ती कोरिडोर नदी नियन्त्रण, जग्गा संरक्षण, सडक सुविधा र नयाँ शहरको सोचका साथ आएको बताउनुभयो । उहाँले देउखुरीको भालुवाङ, गढवा र राजपुर गरी तीन स्थानमा नयाँ शहरको परिकल्पनासहित करिडोरको योजना अघि सारिएको जानकारी दिनुभयो । उक्त सडकको चौडाई २१ मिटरको फराकिलो हुनेछ भने ठूला नदीमा ढल नमिसाउने गरी ६७.५० किलोमिटर उत्तरी क्षेत्र र ६८.३० किलोमिटर दक्षिणी क्षेत्रसहित कुल १३५ किलोमिटर लामो ढल बन्नेछ । राप्ती क्षेत्रमा करिडोर बन्ने भएपछि स्थानीयबासी पनि हर्षित छन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले देउखुरीबासीले यो कामलाई ऐतिहासिक दिनका रुपमा लिएको बताउनुभयो ।
तिलाचन पाण्डेतम्घास, साउन ३१ गते । निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेको पाइएको छ ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेद्वारमध्ये ५५८ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ६८५ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।निर्वाचन आयोगले उम्मेद्वारहरुका लागि खर्चको सीमा निर्धारण गरेअनुसार नगरपालिका प्रमुख तथा उपप्रमुखहरुले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजारसम्म, वडाध्यक्षले दुुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । यता निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले निर्वाचन आयोगले असार मसान्तसम्म सबैको विवरण अनलाइनमा राख्न निर्देशन दिएको र सोही अनुसारको विवरण आयोगमा पठाएको दाबी गर्नुभयो ।निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सक्ने प्रवाधान छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईपछि वामदेव गौतमबीच संयुक्तरुपमा चुनाव लड्ने स्वीकृत गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले मंगलबार बिहान पेरिसडाँडामा बसेको बैठकमा माओवादीले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो ।
चित्र मिजारसिन्धुपाल्चोक, साउन ३१ गते । बलेफी गाउँपालिका –४ का तीन गाउँका सबै घरमा खानेपानी धारा निमार्ण भएको छ । उक्त धाराको बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले उद्धघाटन गर्नुभएको छ ।बलेफी गापा –४ को केउरिनी, ढाँडे र वडा नम्बर ६ को आचार्य टोलका घरमा धारा निर्माण गरिएको छ । गैरसरकारी संस्था आइस्याप (आइएसएपी) को संयोजन र जापानी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था पिस विन्ड्सको लगानीमा धारा निर्माण भएको हो । कुल १८ लाख ७९ हजार रुपियाँमा धारा निर्माण भएको छ । दुई वटा वितरण कक्ष बनाई मिटर जडित धारामार्फत् १५ घरधुरीले पिउने पानी पाएका छन् । उक्त संस्थाले मेलम्ची नगरपालिकाका तीन सय घरधुरी, सुनकोशी गाउँपालिकामा दुई सय घरधुरी र बलेफी गाउँपालिकाका २५६ घरधुरीले पानी पाएका छन् । पालिकाले गर्न नसकेको धारा निर्माण आइस्यपले गरिदिएकोमा पालिका अध्यक्ष तामाङले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गर्नुभएको छ ।
धीरेन्द्रप्रसाद साहजनकपुर, साउन ३१ गते । मधेश प्रदेशमा मंगलबार प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ। प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कार्यक्रमको उदघाटन गर्नुभएको हाे।कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, केन्द्रीय अपराध अनुसन्धानका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलगायत प्रदेशका आठ वटा जिल्लाका प्रहरी उपरीक्षक, अनुसन्धान अपराध फाँटका अधिकारीको सहभागी रहेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिक समृद्धिका लागि विकासको नयाँ मोडेलको विकास हुनपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताउनुहुँदै साे धारणा राख्नुभएकाे हाे ।
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
दिलबहादुर सिंहडोटी, साउन ३० गते । डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएका छन् । सायल गाउँपालिका – ६ रौकलाका शेरबहादुर साउँदका नौ वर्षीया छोरी सीता साउँदको स्थानीय ठुलाखोलाले बगाउँदा बेपत्ता भएका हुन् । सायल गाउँपालिका –६ का वडाअध्यक्ष दीपक साउँदका अनुसार आइतबार आएको अत्याधिक वर्षाका कारण खोला बढेको समयमा खोला पार गर्ने क्रममा खोलाले बगाएको हो । गोरु गोठालो गएको बेला बालिकालाई खोलाले बगाएको हो । अस्थायी प्रहरी पोष्ट कलेनाको प्रहरी टोली र स्थानीयहरुले बेपत्ता बालिकाको खोजी कार्य गरिरहेको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, साउन ३० गते । नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, सङ्गीत प्रस्तुत गरिएको थियो ।
सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा बनेको कार्यदलको बैठक सोमबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलको यसअघि साउन २६ गते बसेको बैठकमा सिट बाँडफाँट कसरी गर्ने भन्ने सन्दर्भमा ढाँचा तयार गर्ने सहमति भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
शान्ता अधिकारी चितवन, साउन २९ गते । रत्ननगर नगरपालिका १६ की एक छ वर्षीया बालिकाको सिँचाइ नहरमा खसेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार रत्ननगर नगरपालिका १६ एकता टोल बस्ने बिमल के.सीका छ वर्षीया छोरी संस्कृति के.सीको घर नजिकै नहरमा खसेर मृत्यु भएको हो । खेल्दाखेल्दै नहरमा खसेका ती बालिकालाई खोजतलासको क्रममा ४ घण्टापछि अन्दाजी तीन किलोमिटर टाढा सेवा केन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको हो ।घटना जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको छ ।