• १९ असोज २०८१, शनिबार

सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो बस्दै

blog

काठमाडौं, साउन ३० गते । सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा बनेको कार्यदलको बैठक सोमबार दिउँसो ४ बजे बस्दैछ । 

मङ्सिर  ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलको यसअघि साउन २६ गते बसेको बैठकमा सिट बाँडफाँट कसरी गर्ने भन्ने सन्दर्भमा ढाँचा तयार गर्ने सहमति भएको थियो । 

कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले बालुवाटारमा आज बस्ने बैठकमा सिट बाँडफाँटको मापदण्डको आधारमा छलफल अघि बढ्ने जानकारी दिनुभयो ।  

सिटौला नेतृत्वको कार्यदलमा कांग्रेसका महामन्त्री गगनकुमार थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट गुरुङ र वर्षमान पुन हुनुहुन्छ । 

नेकपा (एकीकृत समाजवादी) बाट डा. वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ ।