चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटकहरु सिमकोट पुगेका छन् । नाम्खा गाउँपालिका– ६ को नेपाली भूमि लाप्चा क्षेत्र भएर पर्यटकहरु सो स्थानमा जान लागेका हुन् ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको जनाउनुभएको छ । उहाँले माटोको विभिन्न मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको जनाउँदै माटोको संरक्षण र सम्वर्धन गर्न सबै नेपाली जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
लागूूऔषध चरेशसहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल सञ्चालन गरेका ३६ वर्षीय दिनेश सिंह एक किलो चरेशसहित पक्राउ परेका हुन् ।
सडक यातायात नहुँदा २४ घण्टादेखि व्यथा लागेर ज्यान जोखिममा परेका एक सुत्केरीको बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका–६, थलाकाँडा सवस्थ्य चौकीमा रहेका सुत्केरी विन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार सुर्खेतको प्रादेशिक अस्पताल लगिएको होे ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ । समाजवादी प्रेस संगठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजिकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामाकरण यो प्रदेश सभाले गर्न नसक्ने अवस्था आएको बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक र यातायातको विकास सबैभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ । आइतबार नेपालगञ्ज – १५ मा जमुनाहादेखि पिप्रहवासम्मको सडक निर्माणको शिलान्यास गर्दै मन्त्री राईले गाउँ गाउँमा सडक र यातायात पु¥याउने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
डडेल्धुरामा यात्रु बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर र आठ जना घाइते भएका छन् । डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको से १ ज ५०४ नम्बरको जीप आइतबार दिउँसो अमरगढी नगरपालिका–१० ऐरीगाउँमाथिको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।
श्रम र उमेर विदेशमा खर्चिनु भन्दा स्वदेशमा मिहेनत गर्दा मनग्यै आम्दानी गर्न सकिन्छ भने उदाहरण यहाँका २९ वर्षीय भुवन खराल बन्नुभएको छ । गाउँमा व्यवसायिक कृषिबाट उहाँले कोरियामा भन्दा राम्रो आम्दानी गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु भीड लागेको छ ।
सप्तरीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ ।
झापाको अर्जुनधारा गाउँपालिकामा पर्ने शहीद उड्डयन पार्कको रुपमा चिनिएको राजनीतिक पर्यटकीयस्थल सालबारीमा ‘म्यूजिकल वाटर फाउण्टेन’ को उद्घाटन भएको छ ।
पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् ।
हरिकृष्ण ऐडीमुगु, भदौ ४ गते । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ को भाकामा खेलिने देउडा कार्यक्रम मुगुको गमगढी बजारमा शुक्रबार रातिदेखि शनिबार बिहानको १० बजेसम्म चलेर समापन गरिएको छ ।कोरोना न्यूनिकरण भएपछि श्रीकृष्ण जात्रा व्यवस्थापन समितिले स्थानीय रैथाने कला संस्कृतिको प्रदर्शन गर्दै यस वर्षको श्रीकृष्ण अष्टमी मनाएको हो । यस पटक जात्रामा देउडा खेल्नको लागि उल्लेख्य रुपमा छिमेकी जिल्ला हुम्ला र जुम्लाका नागरिकको सहभागिता देखिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष लोकजंग शाहीले जानकारी दिनुभयो ।