• १३ साउन २०८१, आइतबार

बैतडीबाट सुत्केरी महिलाको हवाई उद्धार

blog

तस्बिरः बैतडीको सिगासबाट सुत्केरीको हवाई उद्धार गरिँदै ।

गोकर्ण दयाल 

बैतडी, भदौ ६ गते । सडक यातायात नहुँदा २४ घण्टादेखि व्यथा लागेर ज्यान जोखिममा परेकी एक सुत्केरीको बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका–६, थलाकाँडा स्वास्थ्य चौकीमा रहेका सुत्केरी बिन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार सुर्खेतको प्रादेशिक अस्पताल लगिएको होे । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमले एक जना सुत्केरीको ज्यान बचाउन सफल भएको सिगास गाउँपालिका–६, थलाकाँडा स्वास्थ्य चौकीका इन्चार्ज चक्र धामीले बताउनुभयो । सुत्केरी महिलाको शल्यक्रिया गर्नुपर्ने जटिल अवस्था रहेको उहाँले बताउनुभयो । 

सडक यातायातको पहुँचबाट टाढा रहेको सिगास गाउँपालिकामा सुत्केरी आमाका लागि राष्ट्रपति उद्धार कार्यक्रम जीवनदान बनेको धामीले बताउनुभयो ।

 

सुत्केरी व्यथा लागेर स्वास्थ्य चौकीमा रहेका महिलाको ज्यान जोखिममा रहेको खबर आएपछि मन्त्रालयसँग समवन्य गरेर सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर आएर सुत्केरी महिलाको उद्धार भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पन्थीले भन्नुभयो, “सुत्केरी महिलाको हवाई उद्धारका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति सुत्केरी हवाई उद्धार कार्यक्रमअन्तर्गत हेलिकोप्टर मगाएर उद्धार गरिएको हो ।

बैतडीको सिगास गाउँपालिकामा गतवर्ष पनि एक जना सुत्केरी महिलाको हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।