• १३ साउन २०८१, आइतबार

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न ५६ जना पर्यटक पुगे सिमकोट

blog

राजन रावत

हुुम्ला, भदौ ७ गते । चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटक सिमकोट पुगेका छन् । नाम्खा गाउँपालिका– ६ को नेपाली भूमि लाप्चा क्षेत्र भएर पर्यटक सो स्थानमा जान लागेका हुन् । 

होटेल तथा पर्यटन व्यवसायी विजय लामाले मङ्गलबारदेखि पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो धार्मिक पर्यटकहरुको समूह सिमकोट आइपुुगेको बताउनुुभयो । 

बुधबार बिहान गाडीमा टोली लेकधिंगासम्म जानेछ भने त्यताबाट हेलिकोप्टरमा लिमीको ताक्चीसम्म पुुग्नेछ । ताक्चीबाट सो टोली गाडीमा लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्यक्रम तय भएको छ । 

यो क्रम एक महिनासम्म चल्नेछ । करिब एक हजार चार सय धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गर्नुहुनेछ । 

स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशीला रोकायालगायतको टोली विमानस्थलमा पुुग्नुभएको थियो ।