कपिलवस्तुको शुद्धोधन जनजीवन माध्यमिक विद्यालयका ३४ जना विद्यार्थी शनिबार बिहानै परीक्षा दिन घरबाट विद्यालय निस्किए । एसईई स्तरवृद्धिको परीक्षा दिन २० किलोमिटर टाढा रहेको जनता मावि पीपरामा केन्द्र तोकिएको थियो । राति परेका वर्षाका कारण कोइली खोलामा आएको बाढीले विद्यार्थीलाई विद्यालय पुग्न समस्या भयो ।
डडेल्धुराको समैजीमा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको छ । प्रारम्भिक चरणमा तीन पटकसम्म प्राविधिक अध्ययन गरिसकेपछि अब ईआईएको प्रक्रियामा लैजाने तयारी थालिएको हो ।
प्रहरीले बर्दिवास १ स्थित पूर्वपश्चिम लोकमार्गबाट नियन्त्रित लागूऔषध गाँजासहित ओसारपसारमा सम्लग्न एकजनालाई पक्राउ गरेका छ । प्रहरीले करिव चा किलो तयारी गाँजासहित सर्लाही गोडैता ११ माधोपुरका २६ वर्षीय पिताम्बर साहलाई नियन्त्रणमा लिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले अपाङ्गता मैत्री समाज निर्माणका लागि तीनवटै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोेड दिनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार सीबीएम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लाइफ नेपालद्वारा जनकपुरधाममा उपमहानगरपालिकासहित धनुषा जिल्लाका तीनवटा पालिकामा सञ्चालन हुन लागेको समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरका १२४ भूमिहीन बादी परिवारले घरबासको लालपुर्जा प्राप्त गरेका छन् । पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारको हातमा मंगलबार लालपुर्जा पुगेको छ । छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिनेछ । लालपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।
जिल्लाको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला परेको छ । मंगलबार बिहानको समयमा शव फेला परेको हो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विश्राम नलिने बताउनुभएको छ । भानु नगरपालिका–३ खहरेमा हालै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भन्नुभयो, ‘‘मैले केही गर्न बाँकी छ राजनीतिक विश्राम लिने बेला भएको छैन ।’’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । उहाँले अहिले नै निश्चित भइनसकेको बताउँदै जोसँग पनि तालमेल वा सहकार्य गरेर जान सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो ।
विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।
भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सबै भूमिहीनलाई लालपूर्जा वितरण गर्ने योजना बनाएर कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । उहाँले कोही पनि मानिस भूमिहीन र सुकुम्बासी नहोस् भनेर सरकारले सबैलाई जग्गा उपलब्ध गराउने अभियान थालेको बताउनुभयो ।
चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटकहरु सिमकोट पुगेका छन् । नाम्खा गाउँपालिका– ६ को नेपाली भूमि लाप्चा क्षेत्र भएर पर्यटकहरु सो स्थानमा जान लागेका हुन् ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको जनाउनुभएको छ । उहाँले माटोको विभिन्न मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको जनाउँदै माटोको संरक्षण र सम्वर्धन गर्न सबै नेपाली जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
लागूूऔषध चरेशसहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल सञ्चालन गरेका ३६ वर्षीय दिनेश सिंह एक किलो चरेशसहित पक्राउ परेका हुन् ।
सडक यातायात नहुँदा २४ घण्टादेखि व्यथा लागेर ज्यान जोखिममा परेका एक सुत्केरीको बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका–६, थलाकाँडा सवस्थ्य चौकीमा रहेका सुत्केरी विन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार सुर्खेतको प्रादेशिक अस्पताल लगिएको होे ।