• ११ असोज २०८१, शुक्रबार

राप्रपासँग पनि चुनावी तालमेल हुनसक्छ: कमल थापा

blog

फाइल फाेटाे

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ७ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । उहाँले अहिले नै निश्चित भइनसकेको बताउँदै जोसँग पनि तालमेल वा सहकार्य गरेर जान सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।

झापाको बिर्तामोडमा सोमबार साँझ पत्रकारहरुसँगको कुराकानीमा उहाँले देशव्यापी रुपमा पार्टी सुदृढिकरण अभियानसँगै तालमेल तथा सहकार्यको विषयमा छलफल हुने बताउनुभयो । 

पार्टी विभाजनपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा आउनु भएका थापाले लिङ्देनप्रति आफ्नो कुनै पूर्वाग्रह नरहेको पनि बताउनुभयो । 

राप्रपासँग आउँदो निर्वाचनमा तालमेल हुनसक्छ, उहाँले स्पष्ट पार्नुभयो । पार्टी एकताको विषय भने निर्वाचन अगाडि सम्भव नभएको उहाँको भनाइ थियो । 

‘‘सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर मात्र राष्ट्रियता र लोकतन्त्र बलियो बनाउन सकिन्छ,’’ उहाँले भन्नुभयो ।