• २८ फागुन २०८२, बिहिबार

महोत्तरीमा माटोमा गाडिएको मोटरसाइकल फेला

blog

सोनमा गाउँपालिका–६ मगरथानास्थित जमिनमा पुरिएको अवस्थामा फेला परेको मोटरसाइकल । तस्बिर : अजय शाह

अजय शाह
गौशाला (महोत्तरी), फागुन २८ गते ।
महोत्तरीमा गाडिएको अवस्थामा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको हो।

स्थानीयवासीले शङ्कास्पद रूपमा जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि पुगेको प्रहरी टोलीले खाल्डोबाट मोटरसाइकल निकालेर नियन्त्रणमा लिएको छ।

फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेन्डर रहेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल हाल प्रहरी चौकी मगरथानामा राखिएको छ।

प्रहरीका अनुसार मोटरसाइकल कसले र किन जमिनमा गाडेर लुकाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। मोटरसाइकलको वास्तविक मालिक तथा घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।