जिल्लाको कुशे गाउँपालिकामा अज्ञात रोगले धमाधम गाईगोरु मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं १, २, ३, ४ र ६ का किसानले पालेका गाईगोरु धमाधम मर्न थालेका हुन् ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १ गते । रोटरी क्लव अफ यलले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखालाई डिजिटल भिडियो कोल्पोस्कोप मेसिन हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ यलका अध्यक्ष गौतम श्रेष्ठले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका सभापति शैलेन्द्रलाल प्रधानलाई सो मेसिन हस्तान्तरण गर्र्नुभएको हो ।नेपाल अर्बुद रोग निवारण संस्थाले दुई दशकदेखि अर्बुद रोग सम्वन्धी उपचार गरी सेवा गर्दै आएकोमा अहिले यस रोगको उपचार थप प्रभावकारी बनाउन आधुनिक मेसिनको आवश्यकता भएकाले यो सहयोग प्रदन गरिएको हो । प्रधानले यस डिजिटल मेसिनको लागि आर्थिक सहयोग गर्न हुने रोटरियन सुरेन्द्र गोविन्द जोशीलाई विशेष धन्यवाद दिनुभयो । सोही कार्यक्रमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका दक्ष चिकित्सकसहित दक्ष प्राविधिकहरुको टोली उपलव्ध गराउने र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाको सिफारिसमा महिलाको स्तन क्यान्सरको शल्यक्रियालगायत अन्य उपचार निःशुल्क गराउन पनि सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुरका अध्यक्ष डा. सुदिप श्रेष्ठ र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका प्रतिनिधिले आदानप्रदान गर्नुभयो ।सो निःशुल्क उपचारका लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुर, रोटरी क्लव अफ यल, नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखा, नेपाल क्यान्सर सपोर्ट ग्रुप र अन्य उपचारको लागि सहयोगी संस्थाहरुको सहयोग रहने छन् ।सो कार्यक्रममा डा. श्रेष्ठले क्यान्सरसम्बन्धी उपचार शहरमा मात्र होइन दुर्गम क्षेत्रमा समेत पुगी त्यहाँका जनतालाई समेत सेवा गर्नुपर्छ, भन्नुभयो । यसैगरी, रोटरी क्लब अफ ललितपुरका अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले क्यान्सर रोगसम्बन्धी उपचार गर्न नेपाल अर्बुद रोग निवारण संस्थालाई सक्दोसहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रेखीराम रानापाल्पा, भदौ १ गते । शहरी विकास मन्त्री मेटमणी चौधरीले नेपाली समाजको चाहना अनुसार पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको बुधबार बिहान तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री चौधरीले नेपालमा केही वर्षअघिदेखि जनचाहनाअनुसार गठबन्धन बनेर अघि बढ्ने वातावरण बनेको जिकिर गर्नुभयो । वि.सं. २०१५ सालदेखि नै नेपालमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरे पनि स्थायी रुपमा सरकार चल्न नसकेकाले स्थायित्वका लागि गठबन्धन भएको बताउनुभयो । ‘‘ठूला पार्टीलाई अझ ठूलो बन्न र साना पार्टीलाई आफ्नो अस्तित्व कायम गर्न गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छ,’’ उहाँले भन्नुभयो,– ‘त्यसैले पाँच दलीय लोकतान्त्रिक समाजवादी गठबन्धन बनेको छ ।’’ लामो समयसम्म राजनीतिक सङ्घर्षका लागि लड्नुपरेको बताउँदै मन्त्री चौधरीले कुनै नेताको कारणले फेरि मुलुकलाई पछाडि फर्काउने अवस्था नरहेको बताउनुभयो । मन्त्री चौधरीले नेपाली जनतामा भएको भ्रष्ट संस्कार सुधार गरेपछि मात्रै नेता सुध्रिने अवस्था आउने बताउनुभयो । जनतामा पनि केही न केही भ्रष्ट संस्कार रहेको बताउँदै त्यसको विम्वका रुपमा नेतामा पनि समस्या देखिएको दावी गर्नुभयो । काठमाडौँ महानगरपालिकाको फोहोर लामो समयसम्म उठ्न नसेकेको भन्ने पत्रकारहरूको जिज्ञासामा मन्त्री चौधरीले फोहोरमैला व्यवस्थापनमा कमिसनखोर गिरोहको अवरोध रहेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँको फोहोर व्यवस्थापनलाई एकीकृत रुपमा समाधान गर्नका लागि मन्त्रालयकोतर्फबाट पहल भइरहेको जानकारी दिनुभयो ।
सत्ता गठबन्धनको कार्यदलको बैठक बुधबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको गठबन्धनको कार्यदलको बैठकमा सिट बाँडफाँटकाे मापदण्ड बनाउने विषयमा ठोस छलफल हुने जनाइएको छ ।
प्रदेश राजधानी घोषणा गरेर अस्थायी सदरमुकाम बुटवलबाट दाङ देउखुरीमा राजधानी राख्नको लागि प्रक्रिया शुरु गरिएको छ । तत्कालको लागि राजधानीको लागि आवश्यक पर्ने विभिन्न भौतिक संरचना नभएपछि राप्ती प्राविधिक शिक्षालयमा प्रदेश संसद भवन, मन्त्रालय भवनलगायतको संरचनाको रुपमा शिक्षालयलाई प्रयोग गर्ने सहमतिपछि प्रदेशसभा भवनको काम भइरहेको छ ।
७५ वर्ष पहिले स्थापना भएर जेनतेन सञ्चालनमा रहेको पश्चिम नेपालकै पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय हाल आएर पुनर्र्जीवित हुन थालेको छ । सञ्चालक समिति निष्क्रिय भएर लामो समयदेखि थला पर्दै गएको सो ऐतिहासिक पुस्तकालयलाई पुनः सक्रिय पार्न बाँकेका साहित्यकारहरु र शिक्षाविद् क्रियाशिल हुन थालेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । यो विधेयकअन्तर्गत छुट्टाइएको रकम अमेरिकी इतिहासकै जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बजेट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
हङकङ, साउन ३१ गते । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्किलो रङको चारतले यो लाल्टिन विश्वको सबैभन्दा अग्लो बनेर गिनिज वर्ल्ड रेकर्डस्मा कीर्ति कायम गर्न सफल भएको छ । कागज शिल्पका सम्राट हा चुङ किनको यो सृजना बेलाइतले चीनलाई हङकङ हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव अवसर पारेर गत जुलाइको प्रारम्भदेखि प्रदर्शनीमा छ । मध्य अक्टोबरसम्म यसलाई प्रदर्शनमा नै राखिनेछ । परम्परागत चिनियाँ कागजबाट बनेको हङकङको यो अमूर्त सांस्कृतिक सम्पदाले स्वदेशी तथा विदेशीको धेरैको ध्यान खिचेको छ । चालीस वर्षभन्दा लामो समयदेखि कागजमा सृजना गर्दै आएका ६१ वर्षीय अग्रज कलाकार हाले कागजमा जीवन भरेका गौरवशाली र कठिन समय दुवै देखेका छन् । सन् २०१७ मा नौ मिटर अग्लो कागजको लाल्टिन बनाएर विश्व कीर्तिमान कायम गरेका उनले आफ्नै कीर्तिमान फेरि भङ्ग गरेका छन् । पर्याप्त प्रकाशका निम्ति अग्ला अट्टालिकामा झुन्ड्याइने कागजका लाल्टिन बनाउनु उनको विशेषता नै बनेको छ । “कागज बनाउने प्रविधि हाम्रा चिनियाँ पुर्खाहरूले विकसित र हस्तान्तरण गरेका हुन् । हामीलाई अरूले हराउन सक्दैनन्,” हा भन्छन् । जापानीले कायम गरेको कीर्तिमान भङ्ग गर्न १३ मिटर वा अझ अग्लो लाल्टिन बनाउनुपर्छ । यस्तो भीमकाय लाल्टिन बनाउन अनुभवी कालीगड चाहिन्छन् । यस पटक हाले प्रशिक्षकका रूपमा आफ्ना विद्यार्थी र लाल्टिन बनाउन पिछडिएका समूहहरूलाई मार्गदर्शन गर्ने भूमिकामा प्रस्तुत भए । दुई वर्षमा हा र उनका विद्यार्थीले लाल्टिनको सबै अवयवमा सँगै काम गरे र हरेक कमसल भागहरूलाई सावधानीपूर्वक सुदृढ तुल्याए । लाल्टिनपूरा भएको पहिलो दिन हङकङ आँधीले ग्रस्त थियो । “मेरो फोन बजिरहेको थियो र मानिसहरूले सोधिरहेका थिए कि आँधीले लाल्टिन नष्ट हुन्छ कि हुँदैन । मैले उनीहरूलाई केही हुँदैन भनेर आश्वासन दिएँ”, हाले भने । आँधीबेहरी समाप्त भयो र लाल्टिनमा कुनै क्षतिछ भएको थिएन । हाले सुरुदेखि नै लाल्टिनतीन महिनासम्म घरबाहिर देखाइने भएकाले डिजाइनमा आँधीजस्ता प्रतिकूल प्राकृतिक परिस्थितिलाई ध्यानमा राखेर उत्कृष्ट कपडा र अन्य कच्चा पदार्थ प्रयोग गरेको बताए । रङ्गीन लाल्टिनले हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी जोन लीलाई पनि आकर्षित ग¥यो । उनले सो स्थानको भ्रमण गर्दै सेल्फी पनि लिएका थिए । “असाधारण सीप प्रदर्शनबाट अर्को विश्व कीर्तिमान बनाउन पाउनु निकै रोमाञ्चक छ”, लीले भने । ‘पेपर क्राफ्टिङ’ एक प्रविधि हो जसले विभिन्न जातीय समूहहरूको इतिहास र संस्कृतिलाई मूर्तरूप दिन्छ र महत्त्वपूर्ण सामाजिक र सांस्कृतिक मूल्यहरू बोक्छ । प्राचीन चिनियाँ मानिसहरूले लाल्टिन, ड्र्यागन, सिंह र कागजको प्रस्ताव सहित सबै प्रकारका शिल्प उत्पादनहरू बनाउन बाँसको स्प्लिन्टहरू, चामलको कागजको स्ट्रिपहरू र कागज जस्ता साधारण सामग्रीहरू प्रयोग गर्थे । बीसौँ शताब्दीको प्रारम्भमा हङकङमा उद्योग फस्टाउँदै थियो । ठूलो मात्रामा पेपर क्राफ्टिङ कार्यशालाहरूले पर्याप्त नाफा कमाएका थिए । सन् १९६० मा हातले बनाएको लाल्टिन चीन बाहिर पनि लोकप्रिय थियो । शिल्पकारहरूले आफ्नो उत्पादन विदेशमा निर्यात गरेर राम्रो जीवनयापन गर्न सकेका छन् । यद्यपि परम्पराहरूले आधुनिक शहरी जीवनशैलीलाई मार्ग दिन्छ । कागजको शिल्पको प्रविधिले पनि आफ्नो उत्तराधिकारी गुमाउने जोखिम हुन्छ । हालाई आफ्नो कार्यशालामा सन् १९८० को दशकमा लगभग २० जना पेपर क्राफ्टिङ ‘मास्टर’ भएको सम्झना छ । तर अहिले उनी र उनको छोरा सहित चार जना मात्र छन् । “युवाहरूले यहाँ पूरै दिन उस्तै मानिसहरूको सामना गरेर बिताउनु भन्दा वित्तमा छिटो पैसा कमाउनेछन्”, हाले भने । सन् २०१७ मा पेपर क्राफ्टिङ प्रविधिलाई हङकङको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सूचीमा राखिएको थियो । सरकारी सहयोगमा हा र अन्य शिल्पकारहरूले विभिन्न कार्यशालाहरूमार्फत नागरिक र विद्यार्थीहरूलाई प्रविधि सिकाउन थाले । स्थानीय प्राथमिक विद्यालयमा हाले विद्यार्थीहरूलाई छुट्टी मनाउनका लागि माछाको आकारको कागजको लाल्टिनकसरी बनाउने भनेर सिकाउँछन् । उनले माछाको शरीर बनाउँछन् भने बच्चाहरू माछाका कत्लाहरु बनाउँछन् । “विद्यालयपछि हरेक दिन तिनीहरूले लाल्टिनमा राख्नका लागि माछाको कत्ला बनाउँछन् । यो एक महिनाभन्दा बढीमा मध्य शरद्को चाडका लागि समयमा हुनेछ”, उनले भने । एक पेशेवर शिल्पकारका रूपमा आफ्नो जीवन वृत्तिमा हाले हजारौँ कलाकृतिहरू बनाएका छन्, तर उनलाई सबैभन्दा गर्व लाग्ने एउटा मात्र सिर्जना छ । ग्राहकको आवश्यकता सरल थियो । हाले आफूले चाहेको कुनै पनि पेपरक्राफ्ट बनाउन सक्छन् । कलाकृति दर्शकहरूले तुरुन्तै बुझ्न सकुन् भन्ने उनी चाहन्थे । हाले भाग्यबिना धेरै दिन दिमागमा बिताए । टिभी चलिरहेको थियो र समाचार आयो कि चिनियाँ अन्तरिक्ष याङ याङ लिवेई चीनको पहिलो मानव अन्तरिक्ष उडान अभियानबाट सुरक्षित फर्किएका छन् । “चिनियाँ अन्तरिक्ष यात्रीहरूको भावना बोल्ने शिल्प बनाउनुपर्छ भन्ने विचारले मलाई तुरुन्तै छोयो”, उनले भने । पन्ध्र मिनेटमा उनले पेपर क्राफ्टको लागि स्क्रिप्ट कोरे, जसमा अन्तरिक्ष यात्रीहरू, रकेटहरू र नजिकैका खगोलीय वस्तुहरू थिए । परियोजनालाई पार्कमा प्रदर्शन गरिएको थियो । त्यहाँ धेरै नागरिकहरू फोटो खिच्न आएका थिए । हाका लागि चिनियाँ मुख्य भूमि नै उनको उद्गमस्थल र प्रेरणाको स्रोत हो । प्रसिद्ध लायन डान्स मास्टर हा क्वोक चेउङको कान्छो छोराका रूपमा हामा सानैदेखि परम्परागत चिनियाँ संस्कृतिप्रति गहिरो लगाव भयोे । उनका हजुरबुबा गुआङडोङ प्रान्तका मार्शल आर्ट मास्टर थिए जसले मुख्य भूमि र हङकङमा कुङ फूको प्रवद्र्धनमा योगदान गरे । हाले पेपर क्राफ्टिङका लागि स्पार्कहरू फेला पार्नका लागि नियमितरूपमा गुआङ्डोङ प्रान्तको यात्रा पनि गरे र सांस्कृतिक सम्पदाहरूलाई कसरी राम्रोसँग संरक्षण गर्ने भन्नेबारे स्थानीयहरूसँग विचारहरू आदान प्रदान गरे । ग्वाङडोङको डोङगुआनमा हाको एउटा कारखाना छ जहाँ ३०० भन्दा बढी कामदारले विभिन्न प्रकारका कागजको शिल्प बनाउँछन् । “हङकङ र चिनियाँ मुख्य भूमिले पेपर क्राफ्टिङ प्रविधिलाई बचाउन र विकास गर्नका लागि मिलेर काम गर्नुपर्छ”, उनले भने । हा कागजी शिल्पहरूको माग सधैँ रहिरहने छ भन्नेमा विश्वस्त छन् । “हामी चिनियाँहरू चाडपर्व र ठूला अवसरहरूमा लाल्टिनलगाउन वा सिंह नृत्य गर्न मन पराउँछौँ । चिनियाँहरू जहाँ भए पनि कागजका शिल्पको माग सधैँ हुन्छ”, उनले भने ।
चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले विना जानकारी एक्कासी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरु सीमा पारी नै रोकिएका छन् ।
पटना, साउन ३१ गते । मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उहाँले नयाँ मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ । आरजेडी, जनता दल युनाइडेट (जेएलडी) लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ गराउनुभयो । ३६ जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने विहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राख्नुभएको छ । भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिश कुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ। सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिशकुमारको जनता दल (युनाइटेड)ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) चार सिट जितेको थियो।
कोलम्बो, साउन ३१ गते । श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो कुराको जानकारी दिएको छ । सो सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ । श्रीलङ्काले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरुसँग सामना गरिरहेको छ । श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ । राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि दिर्नेशन दिनुभएको समाचारमा जनाइएको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, साउन ३१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गर्नुभएकाे छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकाे हाे । भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत् यस सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो।उहाँले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो।उहाँले नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवालाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्नुहुँदै यसको कुशल कार्यान्वयनमा दुबै देशले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो। उहाँले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुशी लागेको भन्नुहुँदै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसैगरी, मन्त्रीले संयुक्त राष्ट्र सङ्घको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्प विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुन सिफारिस गरेकाले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गर्नुभयो।भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुकले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।उहाँले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताउनुभयो।यसैगरी, राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सहज बन्दै गएको जानकारी गराउनुहुँदै आफ्नो कार्यकालमा नेपाल र कोरियाबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो। राजदूत चोङ–सुकले सामसुङ टिभीको नेपालमै उत्पादनका लागि आगामी भदौ ८ गते कारखाना उद्घाटन गर्न लागेकाले त्यसमा आतिथ्यताका लागि मन्त्रीलाई आग्रह गर्नुभयो।भेटका अवसरमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो।
धीरेन्द्र प्रसाद साहजनकपुर, साउन ३१ गते । मधेश प्रदेश सरकारले जारी राखेको धर्ना कार्यक्रम स्थगन गरिएको छ । प्रहरी समायोजनको माग गर्दै दुई दिनदेखि जारी धर्ना आज मङ्गलबारबाट स्थगन भएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धर्नास्थलमै बताउनुभएकाे हाे ।मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले धर्ना स्थगन गर्नुभयाे। सो बेला प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत प्रदेश सभा सदस्यहरूको सहभागिता थियो । अब बन्ने सरकारले प्राथमिकतामा राखेर प्रहरी समायोजन गर्ने आश्वासन दिलाएकाले धर्ना स्थगन गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
राजु लामिछाने रुकुम पश्चिम, साउन ३१ गते । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका रुकुम पश्चिमका पाँच जना शिक्षक पुनर्बहाली हुनुभएको छ । सोमबार शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले उहाँहरुलाई पुनर्बहाली गरेर नियुक्ति पत्र प्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पुनर्बहालीको पत्र बुझेर पाँच जना शिक्षकहरु दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जानुभएको छ । इकाई प्रमुख तारा प्रकाश पुनका अनुसार ओमप्रकाश बिसी, रामबहादुर बुढामगर, जीतबहादुर शाह, मधुसुदन अधिकारी र नगरबहादुर खड्कालाई पुनर्बहाली गरिएको हो । पुनर्बहाली हुने पाँचै जना शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा रहेको कार्यालयले जनाएको छ । सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मङ्सिरमा दिएको प्रतिवेदनअनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।शिक्षकहरूले विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुञ्जेलको अवधिको तलब भत्ता, विदा, पोसाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने निर्णय गरेको थियो ।
काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ ।