• १६ भदौ २०८१, आइतबार

अज्ञात रोगले धमाधम गाईगोरु मर्दा किसान चिन्तित

blog

अज्ञात रोगबाट मरेका गाईगोरु जंगलमा । तस्बिर – सहदेव बस्नेत ।

सहदेव बस्नेत 

जाजरकोट, भदौ १ गते । जिल्लाको कुशे गाउँपालिकामा अज्ञात रोगले धमाधम गाईगोरु मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं १, २, ३, ४ र ६ का किसानले पालेका गाईगोरु धमाधम मर्न थालेका हुन् ।

गाउँपालिका अन्तर्गतको पुशपन्क्षी शाखाका प्रमुख तुलबहादुर डाँगीले वडा नं ६ मा दुई वटा, ४ मा दुई वटा ३ मा दुई वटा र १ मा एक वटा गरी हालसम्म जम्मा सात वटा गाईगोरुको मृत्यु भइसकेको जानकारी दिनुभयो ।

बेलुका जंगलबाट गोठमा आएका गाईगोरु मृत अवस्थामा भेटिने, खुट्टा सुनिएको, कराउनेलगायतका लक्षण देखाउँदै धमाधम मर्न थालेको डाँगीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खास के भएको हो भन्न खुल्न सकेको छैन, जनशक्ति अभावले सबै ठाउँमा पुग्न पनि सकिएको छैन, पुगेको ठाउँका गाईवस्तुलाई एन्टिबाइटिक औषधि खुुवाइरहेका छौँ, खुवाइरहेको ठाउँमा सुधार भइरहेको छ ।’

आवश्यक परीक्षणका लागि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश निर्देशनालयमा फोनमार्फत् जानकारी गराइएको र आजै लिखित चिठीमार्फत् जानकारी गराउन पहल भइरहेको प्रमुख डाँगीले बताउनुभयो । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख तिलक रानाले थप उपचारको लागि पहल भइरहेको बताउनुभयो ।