• १८ असार २०८१, मङ्गलबार

बलेफी गाउँपालिका –४ का सबै घरमा धारा

blog

धारा उद्धघाटन गर्दे बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ३१ गते । बलेफी गाउँपालिका –४ का तीन गाउँका सबै घरमा खानेपानी धारा निमार्ण भएको छ । उक्त धाराको बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले उद्धघाटन गर्नुभएको छ ।

बलेफी गापा –४ को केउरिनी, ढाँडे र वडा नम्बर ६ को आचार्य टोलका घरमा धारा निर्माण गरिएको छ । गैरसरकारी संस्था आइस्याप (आइएसएपी) को संयोजन र जापानी अन्र्तराष्ट्रिय गैरसरकारी संस्था पिस विन्ड्सको लगानीमा धारा निर्माण भएको हो । 

कुल १८ लाख ७९ हजार रुपियाँमा धारा निर्माण भएको छ । दुई वटा वितरण कक्ष बनाई मिटर जडित धारामार्फत् १५ घरधुरीले पिउने पानी पाएका छन् । उक्त संस्थाले मेलम्ची नगरपालिकाका तीन सय घरधुरी, सुनकोशी गाउँपालिकामा दुई सय घरधुरी र बलेफी गाउँपालिकाका २५६ घरधुरीले पानी पाएका छन् । पालिकाले गर्न नसकेको धारा निर्माण आइस्यपले गरिदिएकोमा पालिका अध्यक्ष तामाङले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गर्नुभएको छ ।