• १८ असार २०८१, मङ्गलबार

भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइयाे

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, साउन ३० गते । नेपालस्थित भारतीय दूतावासले  भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो ।

भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, सङ्गीत प्रस्तुत गरिएको थियो ।