नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालगञ्ज, साउन २५ गते । सीमा पारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न कडा रुपमा प्रस्तुत भइरहेको सशस्त्र प्र्रहरीले एकै पटकमा ६० लाख रुपियाँको अवैध सामान बरामद गर्न सफल भएको छ । गत केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको थियो । सोही अभियान अन्तर्गत सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको सात जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामान बरामद गरेको हो ।भे १ ख ३५८८ नम्बर को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरीका एसपी जनक बस्नेतले बताउनुभयो । सीमा पारी भारतबाट ल्याएर भन्सार राजस्व छलेर सुर्खेत लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई खानतलासी गर्दा चिनी १०० बोरा, चामल ३०० बोरा, सुपर पावर सुर्ती २९ बोरा र लेडिज सुट १०० थान फेला परेको एसपी बस्नेतले बताउनुभयो । ट्रकसँगै चालक दैलेखको गुराँसे गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय गौरव गिरी र सहचालक दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय अर्जुन रावतलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले जनाएको छ । पछिल्लो समयमा आएर सीमा पारीबाट तस्करी र अवैध सामानको आयात बढ्दै गएकाले एकातिर राजस्व संकलनमा समेत प्रभाव परेको छ भने अर्कोतिर अवैध गतिविधि बढ्दै गएको पाइएको छ ।
पविता पौडेल रुपन्देही, साउन २५ गते । सैनामैना नगरपालिका -१ बनकट्टामा ३० करोडको लागतमा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने भएको छ ।प्रदेश सरकारबाट बजेट स्वीकृत भइसकेको सैनामैना नगरपालिकाका इन्जिनियर सुुरज न्यौपानेले जानकारी दिनुभएको हो । बहुवर्षे योजनामा परेको उक्त ज्येष्ठ नागरिक ग्राममा १ ,२ र ३ बल्कहरु हुनेछन् । सो ग्राममा मेडिकल बल्क, ठूलो सभाहल र मन्दिर पनि बनाइनेछ । उक्त जग्गामा ग्रामको लागि पर्खाल लगाइसकेको छ ।उहाँका अनुुसार ग्राम बन्नका लागि सैनामैना नगरपालिकाको संयोजनमा ६ बिघा १० कठा १७ धुर जग्गा उपलब्ध भएको छ ।नगरपालिका प्रमुख फडेन्द्र शर्माले ग्रामसँगै सैनामैना -१ पिपलडाडाँमा छिट्टै ट्रमा सेन्टर पनि बन्न लागेको जानकारी गराउनुभयो । ट्रमा सेन्टरको लागि पनि बजेट स्वीकृत भइसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताउनुभएको हो ।
यत्रतत्र घर ढलेका छन्, नढेलेका घर पनि जीर्ण अवस्थामा रहेका छन् । झाडीले घर ढाकेको छ, सडकको पिच उप्केको छ । यो चित्रण हो, भारतसँग सीमाना रहेको दाङ देउखुरी उपत्यकाको कोइलाबासको ।
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ । सेती र महाकाली राजमार्ग पूर्ण रुपमा सुचारु रहेको सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिनुभएको हो ।
राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको प्रक्रिया शुरु भएको छ । नेपाल सरकारले सबै प्रदेशमा एक वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको गर्ने घोषणाअनुसार सो प्रक्रिया थालनी भएको हो ।
सावर एक प्रकारको विशिष्ट किसिमको छाला हो । सावर गाई, गोरु, राँगा, भैँसी, मृग, रतुवा वा अन्य चौपायाको बनाउन सकिन्छ । काल गतिले मेरेका होस् वा शिकारीले शिकार गरेका हुन् । शरीरबाट छाला निकालेर खाडलमा राखेर प्रसोधन गरेपछि सावर बन्छ । तर सर्वोत्कृष्ट सावर मृग अथवा रतुवाको बन्छ ।
राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।
रमेश विश्वकर्मा गुल्मी, साउन २४ गते । गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति पालिका स्तरमा पुगेको छ । जिल्लास्तरीय छनाेट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर पेश गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । हालसम्म सात स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रस्तावना पेश गरिएको छ । बाँकी पाँच स्थानीय तहमा पनि छिट्टै प्रस्तावना पेश गर्ने बताइएको छ । प्रस्तावना पेश गर्दै पालिकाबाट जिल्लास्तरीय छनाेट प्रतियोगितामा खेलाडीहरु सहभागी बनाउन आग्रह गरिएको उपाध्यक्ष जिसीले बताउनुभयो ।गुल्मी जिल्लाबाट भलिबल, फुटबल, क्रिकेट, ब्याडमिण्टनलगायत १९ वटा खेलमा प्रदेश खेलकुद परिषद, लुम्बिनीलाई माग गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । उहाँले जिल्लास्तरीय छनाेट प्रतियोगितामा सहभागी भई छनाेट भएका खेलाडीहरुलाई समयानुकूल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । कराँते, फुटबल, भलिबल, खो खो, तेक्वान्दो, बक्सिङ्ग खेलका प्रशिक्षकहरु यस जिल्लामा उपलब्ध गराइदिन प्रदेश खेलकुद परिषदमा माग गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जनाकारी दिनुभयो ।
पछिल्लो समय स्तनपान गराउनेको घट्दै स्तनपान गर्नेको सङ्ख्या घट्दै गएको छ । तथ्याङ्कअनुसार २०१४ मा ४९ प्रतिशत रहेको स्तनपान घटेर २०१९ मा आउँदा ४२ प्रतिशतमा झरेको छ ।
झापामा छुट्टाछुट्टै भएका दुई वटा दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । एकजना मोटरसाइकलबाट झर्ने क्रममा र अर्को एक जनाको साइकलबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ ।
साउन महिनाको चौथो सोमबारको बोलबम भक्तजनहरुले सुन्दरीजलमा महास्नान सम्पन्न गरेका छन् ।
विश्व सम्पदमा सूचीकृत बसन्तपुर दरबारको परावर्तित दृश्य
प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि शुरू बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेकाे छ ।