• २३ असार २०८१, आइतबार

सैनामैनामा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने

blog

पविता पौडेल 

रुपन्देही, साउन २५ गते । सैनामैना नगरपालिका -१ बनकट्टामा ३० करोडको लागतमा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने भएको छ ।

प्रदेश सरकारबाट बजेट स्वीकृत भइसकेको सैनामैना नगरपालिकाका इन्जिनियर सुुरज न्यौपानेले जानकारी दिनुभएको हो । 

बहुवर्षे योजनामा परेको उक्त ज्येष्ठ नागरिक ग्राममा १ ,२ र ३ बल्कहरु हुनेछन् । सो ग्राममा मेडिकल बल्क, ठूलो सभाहल र मन्दिर पनि बनाइनेछ । उक्त जग्गामा ग्रामको लागि पर्खाल लगाइसकेको छ ।

उहाँका अनुुसार ग्राम बन्नका लागि सैनामैना नगरपालिकाको संयोजनमा ६ बिघा १० कठा १७ धुर जग्गा उपलब्ध भएको छ ।

नगरपालिका प्रमुख फडेन्द्र शर्माले ग्रामसँगै सैनामैना -१ पिपलडाडाँमा छिट्टै ट्रमा सेन्टर पनि बन्न लागेको जानकारी गराउनुभयो ।

ट्रमा सेन्टरको लागि पनि बजेट स्वीकृत भइसकेको छ  ।