• १८ असार २०८१, मङ्गलबार

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया शुरु

blog

देवराम प्रसाद यादव

सप्तरी, साउन २४ गते । राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठानको निर्माणको प्रक्रिया शुरु भएको छ । नेपाल सरकारले सबै प्रदेशमा एक वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने घोषणाअनुसार सो प्रक्रिया थालनी भएको हो ।

केही दिनअघि सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि डिजीकोन कन्सलटेन्सी कम्पनी र रामराजाप्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिबीच सम्झौता भएको छ। 

प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका कार्यकारी अध्यक्ष डा. रोहित पोखरेलले कम्पनी र प्रतिष्ठानबीच सात करोडमा नक्सा र भवन निर्माणसम्मको मोनिटरिङ्ग गर्ने जिम्मा पाएको बताउनुभयो । उहाँले कम्पनीका प्राविधिकहरुको टोली सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लगायतको काम शुरु भएको छ । 

उहाँले प्रतिष्ठानको ऐन निर्माणमा ढिलाइको कारण निर्माणकार्यले गति नलिएको बताउनुहुँदै कम्पनी र प्रतिष्ठानबीच सम्झौता सम्पन्न भएपछि निर्माण काममा गति लिने बताउनुभयो  । प्रतिष्ठानको निर्माणकार्य सम्पन्न गर्न करिब १२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभएको छ ।