कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिने बताउनुभएको छ । विकास र सुशासन नै समृद्धिको आधार भएकाले ठूला योजनालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हो ।
संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन साँस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ । परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ । गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताउनुभयो ।
जीवनको ५० औँ वर्ष रङ्गमञ्चमा बिताउनुभएका निर्देशक अशेष मल्ल ‘तुवाँलोले ढाकेको बस्ती’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु गर्नुभएको हो । बाल्यकालदेखि नाटकमा रुची भएका निर्देशक मल्लको जन्म २०११ साल चैत २१ गते धनकुटामा भएको हो ।
कोसीबाढी गोबरगाढाका कटान गरेको स्वास्थ्य चौकी र विद्यालय । तस्बिर – माला कर्ण
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको पाँच मिनेटमै श्री एयरको जहाज भित्र धुवा निस्केपछि जहाजलाई पुन नेपालगञ्ज फर्काएर आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्जदेखि काठमाडौका लागि बिहीबार बिहान सवा ९ बजे उडेको ९ एन एएनएफ नम्बरको सो जहाज भित्र एक्कासी धुवाको मुस्लो निस्केपछि जहाजलाई तत्काल फर्काएर आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगञ्ज स्टेशन प्रमुख पर्सुराम चौधरीले बताउनुभयो ।
गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्रका शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले नविनकुमार रेउलेको परीक्षा रद्द गरेको छ । प्रदेश लोकसेवाको विज्ञापन नंं ५८४–५८८/०७८–७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अन्र्तगत सहायकस्तर चौथो तह, अहेव पदको परीक्षा दिएका रेउलेको लिखित परीक्षा रद्द गरेको हो ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सप्तकोसी नदीको उद्यपुरको बेलाका नगरपालिकास्थित बाँध फुटाएर बस्तीमा पसेका स्थानको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । बाँध फुटेको घटनास्थल पुगेर मन्त्री कार्कीले बाढी पीडित कोही पनि भोकै बस्नुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ ।
सूर्यबाट निस्केको सौर्य आँधी बुधबार साँझ पृथ्वीको नजिक आउने भएको छ । वैज्ञानिकहरुले यसको नाम 'सन होल सोलार स्टर्म' दिएका छन् । वैज्ञानिहरुका अनुसार सूर्यको वायुमण्डलमा प्वालभन्दा तीव्र गतिमा चल्ने सौर्य हावा आज पृथ्वीको चुम्बकीय क्षेत्रको नजिक आउने छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताउनुभयो ।
डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले श्रीलङ्का टापुलगायत सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएका छन् ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।