• २० असार २०८१, बिहिबार

महिना दिनपछि खुल्यो सडक

blog

शान्नीत्रिवेणीको मुल सडक, तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन २१ गते । कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको मुल सडक एक महिना पछि सुचारु भएको छ । गत असारको १९ गते वाट अवरुद्ध भएको सान्तीघाट मेहेलमुडीको मुल सडक शुक्रबार साँझबाट सञ्चालनमा आएको हो ।

वलिमालिका माईको दर्शनका लागि सयौं भक्क्तजनहरु सोही सडक भएर जाने भएकाले गाउँपालिकाले रातारात काम गरेर सडकलाई सुचारु गराएको जनाएको छ । 

गाउँपालिका उपाध्याक्ष पार्वती सिहं सज्यालले गाउँपालिका आएको तीन दिनयता सडक खुलाउन आफैँ पहिरोग्रस्त क्षेत्रमा खटिएको बताउनुभयो । उपाध्याक्ष सज्यालले वर्षा पनि नरोकिएका कारणले पहिरो आइरहने भएकाले केही दिन काम रोकेका थियौँ ।

तर बडिमाली माईको पूजा लाग्ने र त्यहाँ सह्यौँ भक्तजनहरु दर्शनका लागि जाने भएकाले दैनिक पहिरोग्रस्त क्षेत्रमा स्काभेटर राखेर भए पनि सडक सुचारु गराएको जानकारी दिनुभयो ।