• १२ असार २०८१, बुधबार

कीर्तिपुरमा रात्रिकालीन सांस्कृतिक पदयात्रा साउन २७ गते सञ्चालन हुने

blog

फाेटाे –मनाेजरत्न शाही

कीर्तिपुर, साउन २१ गते । संस्कृतिलाई पर्यटनसँग जोडिएर रात्रिकालीन सांस्कृतिक पदयात्रा कीर्तिपुरमा साउन २७ गते सञ्चालन गर्ने भएको छ ।

परापूर्वकाल देखि नेवाः समुदायमा धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको बहाः चाःहिलेगु पर्व मनाइँदै आइरहेको छ ।

मौलिक पर्वकै रुपमा रहेको बाःचाहिलेगु समय सँगै नयाँ पुस्ताहरु माझ हराउदैँ जान लागेकाले पनि यसको महत्व बुझाउन अझ बढी आवश्यक रहेको र यसै अवसरमा संस्कृतिलाई आन्तरिक तथा बाह्य पर्यटकहरु जोड्ने अभ्यासमा रात्रिकालीन साँस्कृतिक पदयात्रा गर्न लागेको पत्रकार सम्मेलनका क्रममा जोशी नःनीका अध्यक्ष शरदमङ्गल जोशीले बताउनुभयो । 

हरेक वर्षको साउन शुक्ल पूर्णिमामा बाःचाहिलेगु गरिन्छ । रातीको समयमा गरिने परिक्रमामा कीर्तिपुरमा रहेको प्रायः सम्पूर्ण धार्मिक तथा सांस्कृतिक ठाउँहरुको परिक्रमा गरिन्छ ।

धार्मिक हिसाबले नै बर्षेनि स्वतःस्फुर्त रुपमा परिक्रमा गरिने यो परम्परालाई रात्रिकालीन साँस्कृतिक पदयात्राको नाम किन दिनु प¥यो भन्ने प्रश्नमा बहाः परिक्रमा रातीको समयमा हुने तथा अरुबेला बन्द हुने त्यही दिनमात्र खुल्ने र एक घरको चोकबाट अर्को घरको चोक भएर जानुपर्ने भएकाले पर्यटकहरु तथा नवआगन्तुकहरुलाई सहज र यसमा सहभागी हुने वातावरण बनाउनका लागी डिजाइन गरेको बताउनुभयो ।

उहाँले यस रात्रिकालीन सांस्कृतिक पदयात्राका क्रममा लिच्छवीकालदेखि नै सम्पन्न नेवाः बस्ती, विहार, चैत्य र चोकलगायतका सभ्यताको अवलोकन गर्ने पाइन्छ । अन्य दिनमा बाहाःबहीमा राखिने देवी देवता खुल्ला नराख्ने हुनाले यसै दिनमा अवलोकन गर्न पाइन्छ ।