काठमाडौं, वैशाख २५ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि सङ्घीय संसद दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मङ्गलबार दिउँसो ४ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो।
निर्देशक कुशल श्रेष्ठ आफ्नै छायांकन र सम्पादनमा तयार भएको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
धनगढी, वैशाख २५ गते। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका-४ स्थित आफ्नै निवासमा बस्नुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्न धनगढी पुग्नुभएको हो। सोमबार हुने चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो। माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ। रासस
नेपाल पौडी संघले हंगेरीको बुढापेस्टमा हुने १९औँ फिना विश्व पौडी च्याम्पियनसिप र चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको संघर्ष र त्यागबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ।
स्थानीय तह निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ।
१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगितामा सहभागी खेलाडीले प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्विका लागि पाँच दलीय गठबन्धन आवश्यकता अनुसार नै भएको बताउनुभएको छ।
निर्वाचन आयोगले शारीरिक अशक्तलाई गोप्य स्थानमा आफूसँगै लाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ।
काठमाडौं, वैशाख २५ गते । बलिउड अभिनेता फरहान अख्तर हलिउड सिरिज 'मिस मार्भल'बाट हलिउडमा डेब्यू गर्दै हुनुहुन्छ । मार्भल स्टुडियाे र डिज्नी प्लसले निर्माण गर्ने सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्ज, यास्मीन फ्लेचर, लैथ नक्ली, अजहर उस्मान, ट्राभिना स्प्रिंगरलगायतको अभिनय रहने छ ।आगामी जुन ८ तारिखमा मिस मार्भल प्रिमियर हुने बताइएको छ । फरहान भने अहिले फिल्म 'जिले जरा' को तयारीमा हुनुहुन्छ ।
बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरे (हिमचितुवा) ले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह र बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीबीच देखिएको विवादको विषयमा सत्यतथ्य छानविन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
गठबन्धन दलआवद्ध पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख २५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न गर्न आवश्यक सहयोगका लागि सबैमा अपिल गर्नुभएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सो अपिल गर्नुभएको हो । हाम्रा गाउँ नगरमा सताब्दीयौंदेखि ब्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कूप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलको अन्त्य गर्ने सङ्कल्प एमालेले लिएको जानकारी गराउनुहुँदै अध्यक्ष ओलीले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन आफूहरु लागिपरेको जानकारी दिनुभयो । एमालेको मूल ध्येय ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रिय गन्तव्य तय गरेर सङ्कल्पसाथ अघि बढेमा मात्रै त्यसलाई साकार पार्न सकिन्छ । त्यसका लागि भिजन र भिजन बोक्ने व्यापक, सुदृढ, अनुशासित र गतिशील सङ्गठन चाहिन्छ ।” राष्ट्रिय सङ्कल्पको कार्यान्वयन गर्न र कार्यान्वयनलाई निरन्तरता दिन देशमा भिजनरी र कृतसङ्कल्पित राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो । “एमालेमा मात्रै राष्ट्रिय आँट, सङ्कल्प र आत्मविश्वास छ । हामी आम नेपाली जनतालाई यस उद्देश्यका लागि गोलबद्ध बनाउन सक्छौं, राष्ट्रिय परिवर्तन र रूपान्तरणको महाअभियानमा विश्वासका साथ अघि बढाउन सक्छौं” पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले थप्नुभयो, “राष्ट्रिय हितहरूको पक्षपोषण गर्न, तिनको दृढ प्रतिरक्षा गर्न र गुमेका चिजहरू पुनः प्राप्त गर्नसक्ने सामथ्र्यवान्, भरपर्दो र जिम्मेवार राष्ट्रिय शक्ति एमाले नै हो ।”नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको दरिलो एवम् गर्बिलो राष्ट्र बनाउन आफूहरुले चाहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभएको बताउनुभयो । “हाम्रो मुख्य ध्येय नेपालको विकास गर्ने हो, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने हो, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने हो” उहाँले भन्नुभयो ।नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको सशक्त पहरेदारी गर्ने सामथ्र्य एमालेसँग रहेको दावी गर्नुहुँदै अध्यक्ष ओलीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको घर आँगनको सरकारको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो । एमाले सरकारमा रहँदा नेपालको इतिहासमा पहिलो पटक मुलुकको समग्र विकास निर्माण, सामाजिक सुरक्षा, परिवर्तन र रूपान्तरण, राष्ट्रिय सामथ्र्य र प्रतिष्ठाको अभिबृद्धि लगायतका क्षेत्रमा युगान्तकारी एवम् गौरवपूर्ण उपलब्धिहरू हासिल भएको उहाँले दावी गर्नुभयो । “जनताभन्दा ठूला अरू कोही छैनन् । जनताको सेवा नै हाम्रो मुख्य ध्येय हो । हाम्रो शक्तिको स्रोत नै जनताको शक्ति हो” अध्यक्ष ओलीले थप्नुभयो, “एमालेले स्थानीय तहलाई लोकतन्त्र, विकास, निर्माण र आर्थिक बृद्धिको बलियो आधारस्तम्भ बनाउन चाहेको छ, जनसेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।“
गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।