केही महिनादेखि युक्रेनका विभिन्न भागमा भीषण हमला गर्दै आएको रुसले कब्जामा लिएका खेर्सान र जापोरिजिया क्षेत्रमा अत्यधिक मात्रामा सेना तैनाथ गरेको छ ।
नेपालमा असार १ गतेबाट कोरोना सङ्क्रमणदर पुनः बढेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा सङ्क्रमणदर बढेसँगै एक महिनाभित्र साउन १ गते एक जना कोरोना सङ्क्रमितको मृत्यु भएकाे छ । सङ्क्रमणका कारण चार महिनाअघि मात्र सङ्क्रमितको मृत्यु भएकाे थियाे । साउन एक गतेदेखि हिजाेसम्म अर्थात १० दिनमा ७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
विगत लामो समयदेखि चल्दै आएको आर्थिक वर्षको अन्तिम महिनामा हतारमा विभिन्न काम गरेको जस्तो देखाएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यस पटक पनि बाँकेमा दोहोरिएको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट अलग हुनुभएका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन हुँदैछ । नयाँ गठन हुने भनिएको भट्टराई नेतृत्वको पार्टीका प्रवक्ता डम्बर खतिवडाले निर्वाचन आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीसँग एकता गरेर ‘आँखा’ चुनाव चिह्न लिएर नयाँ पार्टी बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन तहका सरकारबीच समन्वयात्मक तालमेल नमिल्दा सङ्घीयता कार्यान्वयन नभएको बताउनुभएको छ ।
भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
गत आइतबार केन्याको एक नदीमा बस खसेर भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला गत आइतबार बेलुका बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पर्वतको कुश्मा नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा विक्रीवितरण हुने उपकरणमा विक्रेतासँग कर्मचारीले कमिसन लिने गरेको पाइएको हो । बजारमा व्यक्तिगत रुपमा खरिद गर्दा ४० हजारसम्ममा पाइने हलोमा कृषकहरुले ५२ हजार तिर्ने गरेको पाइएको हो ।
गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका महिलाको पाठेघर भित्रै प्याड रहेको रहस्य सार्वजनिक भएको छ । गुल्मी अस्पतालमा साउन २८ गते सुत्केरी भएका छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका ८ की २१ वर्षीया अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको भन्दै पाण्डेका परिवारले आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ गतेदेखि पाँचदिने जापान भ्रमणमा जान लाग्नुभएकाे छ ।
कोरोनाविरुद्धको करिब डेढ लाख खोप खेर गरेको अनुमान गरिएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले कोरोनाविरुद्धको कोभिसिल्डको करिब डेढ लाख खोप खेर गएको अनुमान गर्नुभयो ।उहाँका अनुसार जुलाई २३ तारिखसम्म मात्रै कोभिसिल्डको खोपको म्याद रहेको थियो ।
धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित हाइकिङ्ग गीत सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यकाका नेवाः समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गर्छन् । गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । यो समुदायले मङ्गलबारको दिन घर सफा गरेर भूत फाल्ने गर्छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षीय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षीया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।