कोभिडको महामारी अति नै चरम अवस्थामा पुगेको बेला दिनरात खटिएर भूमिका निर्वाह गर्ने बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभा र १० औँ अधिवेसनको अवसरमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यस्थिति सामान्य रहेकाे बताइएकाे छ । हिजो सामान्य चक्कर आएपछि उहाँ वीर अस्पतालमा उपचारको लागि जानुभएको थियो ।
मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको बीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताउनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको महसुस गर्ने गरी काम हुन नसक्दा संघीयताप्रति जनताले प्रश्न उठाउनु स्वभाविक भएको बताउनुभएको छ ।
सर्लाहीको पर्सा गाउँपालिकामा ४८ दिनदेखि बेपत्ता एक महिलाको हत्या गरी खेतमा गाडेको अवस्थामा शव फेला परेको छ । जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि उहाँको शव फेला परेको हो ।
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक जिल्लाका अस्पताल मध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट भएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसाैँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहनुभएकाे छ ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाउनुभएकाे छ । शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो ।
प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार गरेको छ । गत माघ महिनामा गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।
बाँकेका कुखुरा व्यवसायीले भारतबाट भइरहेको कुखुरा र चल्लाको अवैध आयात रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । भारतबाट अवैधरुपमा कुखुराको आयात निरन्तर जारी रहेकाले नेपाली किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै कुखुरापालक व्यवसायीले जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अवैध आयात रोक्न गुहारेका हुन् ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने बताउनुभएको छ ।शनिबार यहाँस्थित कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
द्रोपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा रहेका छन् ।