• १३ साउन २०८१, आइतबार

स्वास्थ्यमन्त्रीकाे स्वास्थ्यमा सुधार

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ८ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यस्थिति सुधार भएकाे छ ।

हिजो सामान्य चक्कर आएपछि उहाँ वीर अस्पतालमा उपचारका लागि जानुभएको थियो ।

उहाँ बिदामा बसेर आज मन्त्रिनिवासमा आराम गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निजी सचिवालयले जानकारी दिएकाे छ ।