• १३ साउन २०८१, आइतबार

कोभिड नियन्त्रणमा दिनरात खटिने चिकित्सक र स्वास्थ्यकर्मी सम्मानित

blog

सम्मानित चिकित्सक र स्वास्थ्यकर्मी । तस्विर - सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन ८ गते । कोभिडको महामारी अति नै चरम अवस्थामा पुगेको बेला दिनरात खटिएर भूमिका निर्वाह गर्ने बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभा र १० औँ अधिवेसनको अवसरमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा भेरी अस्पताल नेपालगञ्जका पूर्वप्रमुख डा. प्रकाश थापा, कन्सल्ट्यान्ट एनस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेका सूचना अधिकृत रुपन ज्ञवाली रहनुभएको छ । 

उहाँहरुलाई नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा मेयर विष्टले बाँके र बर्दिया जिल्लामा कोभिड–१९को विश्वव्यापी महामारीको अवस्थामा रोग रोकथाम तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निवार्ह गर्नुभएका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउनुभयो । 

अहिले फेरि पनि कोभिड सङ्क्रमण हुने दर बढ्दै गएकाले सबै सम्बन्धितले सचेत भएर समयमै सबे तयारी पूरा गर्नुपर्ने र आम जनसमुदायमा चेतना फैलाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । भेरी अस्पतालले पश्चिम नेपालका सयौं बिरामीको उपचार गरेको थियो ।