• ७ मंसिर २०८१, शुक्रबार

विश्वविद्यालय स्थापनाका लागि स्थलगत अध्ययन

blog

मीना कँडेल

कावासोती, साउन २९ गते । नेपाल विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान अध्ययनका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ ।

नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीसहितको विज्ञ टोली स्थलगत निरीक्षण गर्न सातांै पटक सो क्षेत्रमा पुगेकाले विश्वविद्यालय बन्ने सम्भावना बलियो बन्दै गएको बताइएको छ । 

विश्वविद्यालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यबिन्दु नगरपालिका वडा नम्वर ९ को भूभाग सहज हुने बताइएको छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च बनेकाले आफूहरु विभिन्न चरणको छलफल र अध्ययनपछि विज्ञ टोलीसहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नुभयो ।

पूर्व शिक्षामन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधारसँगै समाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उद्देश्यसहित अगाडि बढेको बताउनुभयो ।

विश्वविद्यालय स्थापनाका लागि स्थानीय पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउँपालिककाा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो  ।