• २० असार २०८१, बिहिबार

लागूऔषधमा १४१ जना पक्राउ

blog

देवराम प्रसाद यादव

सप्तरी, साउन २१ गते । सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित छ हजार २५७ नाइट्रोभेट, ६६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको हो । 

सो अवधिमा फेराएगन एम्पुल एक हजार २२९, नोफिन ७८८, डाइजिल्याब २१४ एम्पुल, डाइजेफाम एक हजार २९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४१६ बोतल, स्पास्मोप्रोसमिटन एक हजार २०७ र लिजेसिक एम्पुल ४०२ थान बरामद गरिको थियो  । 

सप्तरी प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध कारोबार तथा सेवनतर्फ १५३ जनालाई पक्राउ गरी आवश्यक कानुनी कार्यवाही बढाएको थियो  ।