• ८ जेठ २०८१, मङ्गलबार

बेपत्ता सुनारको शव फेला

blog

जानु पाण्डे

कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव फेला परेको छ । बाणगङ्गा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो । 

नगरपालिकाको वडा नम्बर ७ बाँडीगाउँ बस्दै आएका निउरोको साग र च्याउ खोज्दै वन क्षेत्र पुगेका थिए । वनबाट फर्किने क्रममा खोलाले बगाएको थियो ।

घटनामा परी सुनारकी श्रीमती ३१ वर्षकी राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो । घटनामा सुनारका १२ वर्षीय छोरा निरज सुनारको भने स्थानीयले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । 

बेपत्ता सुनारको खोजतलास गर्ने क्रममा उद्धार टोलीले थप एक जना महिलाको शव फेला परेको सशस्त्र प्रहरी नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेनले बताउनुभयो ।