• ८ मंसिर २०८१, शनिबार

जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम

blog

विजयकुमार साह 

ढल्केबर, साउन ८ गते । नेपाली कांग्रेस, मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा एक दिने अभिमुखीकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सुरु भएको छ । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा आयोजित जनप्रतिनिधिलाई सम्मान एवं अभिमुखीकरण कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, आनन्द ढुङ्गाना, जिल्ला सभापति, प्रतिनिधि सभाका सांसद, प्रदेश सभासद, पालिका प्रमुख तथा  उपप्रमुखलगायतकाे उपस्थित  छ।

कार्यक्रम साँझ ५ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।