• १३ साउन २०८१, आइतबार

पाैडी खेल्ने क्रममा डुबेर मृत्यु

blog

गणेश खनाल

अर्घाखाँची, साउन ८ गते । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं . १२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका वडा नं. ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने अन्दाजी २० वर्षीय विक्रम खनालको मृत्यु भएको हाे ।

शनिबार दिउँसो ३ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका खनाललाई इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलीले सोही स्थानमा अचेत अवस्थामा फेला पारेकाे थियाे ।

उपचारका लागि सामुदायिक अस्पताल ४ नम्बर कपिलवस्तु पठाइएकोमा खनालको उपचारको क्रममा साँझ ५ बजे सोही अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिनुभएको छ ।