• १३ साउन २०८१, आइतबार

बाजुराको जिससमा एमालेकाे समूह निर्विराेध विजयी

blog

जिससमा निर्वाचित प्रमुख तथा उपप्रमुख र सदस्यहरु । तस्बिर –शेरबहादुर सार्की, बाजुरा

शेरबहादुर सार्की

बाजुरा, साउन ८ गते । जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा पनि नेकपा एमालेकै लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित हुनुभएको हो ।

महिला सदस्यमा एमालेकै कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्विरोध निर्वाचित हुनुभएको छ ।

बाजुरा जिससमा एमालेको एकल उम्मेदवारी परेपछि जिससमा पूरै समूह निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय, बाजुराले जनाएको छ ।

निर्वाचित सबैले आजै शपथ ग्रहण लिनुभएको छ । जिससका निर्वाचित भएकाहरुलाई आजै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेले शपथग्रहण गराउनुभएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभयो ।