• १२ असोज २०८१, शनिबार

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

blog

काठमाडौं, असार २८ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट भएको छ ।

मङ्गलबार अध्यक्ष ओली निवास बालकोटमा उहाँहरुबीच भेट भएको एमाले नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

भेटवार्तामा राजन भट्टराई, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु पनि सहभागी हुनुहुन्थ्याे ।

नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएको थियो ।