• १४ असार २०८१, शुक्रबार

बुद्धभूमिका सबै विद्यालयमा कम्प्युटरको पहुँच

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सामुदायिक विद्यालयमा कम्प्युुटर हस्तान्तरण गरिँदै । तस्बिर जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार २४ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सबै विद्यालयमा कम्प्युटरको पहुँच भएको छ । नगरपालिकाले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम अन्तर्गत ३४ विद्यालयमा कम्प्युटर हस्तान्तरण गरेपछि सबै विद्यालय पहुँच भएको छ । विद्यालयको प्रशासनिक काम कम्प्युटराईज विधिबाट गर्नका लागि कम्प्युटर प्रदान गरेको नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । आगामी आर्थिक वर्षमा माध्यमिक तहका सबै शिक्षकलाई ल्यापटप वितरण गर्ने योजना रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

पालिका भित्रका ५९ विद्यालयमा कम्प्युटरको दायरामा आएको नगर उपप्रमुख मीरा थारुले बताउनु भयो । हस्तान्तरण गरेको कम्प्युटरलाई प्रयोगमा ल्याई सबै शिक्षकलाई सीप सिकाउन उपप्रमुख थारुले अनुरोध गर्नुभएको थियो । पालिकाले शिक्षाको सुधारको लागि थप योजना समेत बनाउने प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताउनुभयो ।

विद्यालयलाई कम्प्युटर सेट, प्रिन्टर हस्तान्तरण गरिएको थियो । प्रतिविद्यालय ७० हजार बराबरका सामग्री सहयोग गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भट्टराईले बताउनुुभयो । नगरपालिकाको सहयोगपछि विद्यालयमा पहिलो पटक कम्प्युटरको पहुँच भएको रामेश्वर आधारभूत विद्यालयका शिक्षक अपिल पोख्रेलले बताउनुभयो ।