• १२ असार २०८१, बुधबार

कगं अजिमा तःगुठी भवन निर्माण हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २५ गते । काठमाडौंको कङ्केश्वरी (कंगः अजिमा)स्थित कगं अजिमा तः गुठी भवन निर्माण हुने भएको छ ।

शनिबार यहाँस्थित काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले भवन निर्माण गर्नुपूर्व गरिएको क्षमापूजामा भाग लिनुभयो । 

क्षमापूजामा पूर्वप्रमुख  प्रमुख शाक्यले आफ्नो कार्यकालमा घोषणा गरिएका सबै भौतिक निर्माणका कार्यक्रम कार्यान्वयन गराउन सदैव लागिरहने बताउनुभयो ।

कार्यक्रममा महानगरपालिका उपप्रमुख सुनीता डङ्गोलले पनि भाग लिनुभएको थियो । महानगरपालिकाको ७५ लाख आर्थिक सहयोगमा सो क्षेत्रमा भवन निर्माण हुने लागेको हो । याे भवन पुस महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ । 

कंगः अजिमामा खड्गी समुदायका चारवटा गुठी  छन् ।