अविनाश चौधरी
धनगढी, असार २८ गते । गणपूरक सङ्ख्या नपुगेपछि आज मध्याह्न १२ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । ५१ जना प्रदेश सभा सदस्य रहेकोमा जम्मा नौ जना प्रदेश सभा सदस्यकाे मात्रै उपस्थिति भएको थियो ।
गणपूरक सङ्ख्या नपुगेकाले अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले बताउनुभयो । ‘आजको बैठकमा गणपूरक सङ्ख्या पुगेन’, उहाँले भन्नुभयो । ‘बैठक सञ्चालन हुनका लागि एक चौथाइ अर्थात् १४ जना सदस्यको उपस्थिति आवश्यक पर्दछ ।’
प्रदेश सभा बैठकमा उपस्थित भएका प्रदेश सभा सदस्यहरु सत्ता पक्षका मात्रै रहनुभएको थियो । प्रतिपक्षीको उपस्थिति थिएन । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल नेकपा (एमाले), राजपा र लोसपाका प्रदेश सभा सदस्यहरुले हिजोदेखि प्रदेश सभाको बैठक बहिस्कार गरिरहनुभएको छ ।