• १३ साउन २०८१, आइतबार

दीर्घकालीन महत्वका आयोजना प्राथमिकतामा: मन्त्री इस्तियाक राई

blog

मङ्गलबार नेपालगञ्ज उप–महानगरपालिकाको सम्मान कार्यक्रममा । तस्विर - गोविन्द शर्मा । बाँके

गोविन्द शर्मा/सिराज खान

बाँके, असार २८ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले साउन लगत्तै विकास निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने बताउनुभएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले मङ्गलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री राईले सम्पूर्ण सरकारी निकायसँग समन्वय र सहकार्य गरी अघि बढ्ने  बताउँदै दीर्घकालीन योजना सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत रहनुभएका नवनियुक्त मन्त्री राईले नेपालगञ्जको रुप फेरिने गरी तत्काल दुईवटा योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।