• ७ जेठ २०८१, सोमबार

बालिका बलात्कार : प्रधानाध्यापकसहित चारजना कारागार चलान

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, असार २८ गते । ओखलढुङ्गामा बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रधानाध्यापकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बालिकालाई बलात्कार गरेको एक प्रधानाध्यापकसहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 

बालिका बलात्कारको आरोपमा सिद्धिचरण नगरपालिका–२ का प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल, सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय डम्बर भुजेल, सोही वडाका ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार ओखलढुङ्गा जिल्ला अदालतले निर्देशन दिएको हो । 

अदालतको निर्देशनअनुसार चारै जनालाई जिल्ला कारागार चलान गरिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । आरोपीहरुले बालिकालाई फरक फरक मितिमा विभिन्न स्थानमा डर, धम्की, प्रलोभन देखाएर जबरजस्ती करणी रहेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । 

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा जेठ महिनामा आरोपी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । बालिका बलात्कार घटनामा विद्यालयकै प्रधानाध्यापक सम्लग्न भएको पाइएकाले कडाभन्दा कडा कानुनअनुसार कारबाहीका लागि विभिन्न विद्यार्थी सङ्घ सङ्गठनहरुले माग गरेका छन् ।