हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।
मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ। बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति विभागको सहकार्यमा ठमेलस्थित आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो। प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारका साथै कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा ती कलाकारका साथै बेलायती कलाकार नौसिन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनिमीको कलासमेत राखिएको छ। बङ्गलादेशको होविगन्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिनुभयो। उहाँले कला प्रदर्शनीले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन टेवा पुग्ने बताउनुभयो।
बजारमा दशैँको माहोल र किनमेलको चटारोले सडक भरिभराउ हुन थालिसकेको छ। दशैँको माहोलले कलाकारलाई नछुने कुरै भएन। उनीहरूलाई पनि किनमेलको भ्याइनभ्याइ छ। कलाकारहरू कुन लुगा लगाउने र कसरी दशैँ मनाउने भन्ने चटारोमा देखिन्छन्। बुटिकमा लुगा बनाउनेदेखि विभिन्न सपिङ मलतिर किनमेलमा व्यस्त छन् कलाकर। “लुगा त जहिल्यै किनिन्छ तर दशैँ भन्नेबित्तिकै नयाँ लुगा सम्झिइन्छ,” नायिका ऋचा शर्मा भन्नुहुन्छ, “यस पर्वका लागि विशेष लुगा लगाउने विचारमा छु। बुटिकमा लुगा बनाउन दिएको छु। साधारणतया हामी कलाकारलाई सधैँ नयाँ लुगा आवश्यक पर्छ। कहिले कता कार्यक्रम त कहिले कता तर पनि दशैँ भन्नेबित्तिकै एउटा नौलो अनुभव हुन्छ।”
सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल–२०२२’का अन्तिम प्रतिस्पर्धीहरूले ‘स्विमसुट राउन्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन्। ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक प्रस्तुति पस्किए।
अभिनेता बुद्धि तामाङ विवाहबन्धनमा बाँधिने हुनुभएको छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार उहाँले विवाह गर्दै हुनुहुन्छ । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थीसमेत हुनुहुन्छ । परिवारबाटै उहाँसँग भेट भएको अभिनेता तामाङले जानकारी दिनुभयो । ‘साँघुरो’, ‘कबड्डी’, ‘टलकजङ भर्सेज टुल्के’, ‘वडा नम्बर ६’, ‘घामपानी’, ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल’, ‘वीरविक्रम’लगायतका चलचित्रमा तामाङले अभिनय गर्नुभएको छ ।
हिन्दुहरूको महान् पर्व विजयादशमी तथा शुभदीपावलीलगायतका चाडपर्वलाई लक्षित गरी मालिका गाउँपालिकाले ग्रामीण स्तरका सडक मर्मत गर्न थालेको छ। देश तथा विदेशबाट पर्व मनाउन गाउँमा आउने धेरै हुने र सहज रूपमा यात्रा होस् भनेर ग्रामीण स्तरका सडक मर्मत र सफा गर्ने कामलाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
रुकुमपूर्वको भुमे गाउँपालिका–३ राम्लीलेकका गोठालाहरू भैँसी तथा गाईबस्तुसँगै औल (बेँसी) झर्न थालेका छन्। शरदयाम नजिकिएसँगै लेकमा चिसो बतास चल्न थालेपछि गोठालाहरू बेँसी झर्न थालेका हुन्। समुद्री सतहबाट करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको राम्लीलेकसँगै रिकाधुरी, साउने भदौरे लेक र बुकिपाटनबाट पनि गाईबस्तु तथा भैँसीहरू औल झारिएका छन्।
कैलालीको भजनी नगरपालिकाका विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ। गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षतिसमेत गरेपछि एक सातादेखि पठनपाठन हुन नसकेको हो। केही विद्यालयमा बाढी प्रभावित बसेका कारण पढाइ हुन सकेको छैन। डुबान र बाढी प्रभावित बसेका कारण भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो। “विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ।”
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै राहत प्रदान गर्नुभएको छ। पहिरोमा परेर मृत्यु भएका कमलबजार, ढकारी र तुर्माखाँद गाउँपालिकाको घटनास्थलमा हेलिकोप्टरबाट पुगेर मुख्यमन्त्रीको टोलीले सात परिवारलाई नगद, कम्बल र भाँडाकुँडा सहयोग प्रदान गरेको हो।
सुदूरपश्चिमकै व्यवस्थित बसपार्क निर्माण गर्ने योजना बनाएर ३८ रोपनी जमिनमा करिब ६० लाख रुपियाँ खर्च गरेर निर्माण सुरु गरिएको बसपार्कको काम अलपत्र परेको छ। महाकाली राजमार्ग छेउ अमरगढी नगरपालिका–८, डकलेमा पाँच वर्षअघि व्यवस्थित बसपार्क निर्माणको योजना बनाई काम सुरु गरिएको थियो। जिल्ला सदरमुकामदेखि पाँच किलोमिटरको दूरीमा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग छेउमै बसपार्क निर्माणको काम थालिए पनि अहिले अलपत्र परेको छ।
तिलागुफा नगरपालिका–६ का बालबालिकाले आफ्नै गाउँमा कक्षा १२ सम्मको शिक्षा प्राप्तको अवसर जुटाइदिन जनप्रतिनिधिसँग आग्रह गरेका छन्। नगरपालिकामा सोमबार आयोजित बालबालिकासँग उपप्रमुख विषयको छलफलमा विद्यार्थीले यस्तो माग राखेका हुन्। सत्यदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया अस्मिता शाहीले भन्नुभयो, “गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाए हामीजस्ता आर्थिक अभावमा सहरमा गएर पढ्न नसक्ने विद्यार्थीलाई निकै सहज हुने थियो। त्यतातिर पनि ध्यान दिनुहुन्छ
कर्णाली प्रदेशका १० वटै जिल्लाका अधिकांश बस्ती पहिरो जोखिमयुक्त छन्। भौगोलिक बनावटका कारण कर्णालीमा बर्सेनि बाढी पहिरोलगायत प्राकृतिक विपत्ले जनधनको ठूलो क्षति हुँदै आएको छ। छरिएर रहेका बस्तीका कारण कर्णालीमा विकासका पूर्वाधार निर्माणमा समेत निकै कठिनाइ हुने गरेको छ। कर्णालीका छरिएर रहेका बस्तीलाई एकीकृत बस्ती विकास कार्यक्रममार्फत विकासको प्रवाहमा जोड्ने सरकारी योजनाले त्यति सफलता पाउन सकेको छैन। कर्णाली सरकारले एकीकृत पूर्वाधारमा बस्तीलाई आबद्ध गर्न तीन वर्षअघि सो कार्यक्रम थालनी गरेको थियो।
फिरन्ते जाति राउटे ‘पैसा छोए पाप लाग्छ’ भन्ने मान्यता राख्थे। आफूलाई वनका राजा ठान्ने राउटे यतिबेला चाहिँ तस्बिर खिचेको समेत पैसा माग्छन्। राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन्। घरायसी प्रयोगका सामग्रीहरू कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसाबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेका छन्। सरकारी तथा विभिन्न संस्थामार्फत आर्थिक सहयोग पाउन थालेका उनीहरूले घरायसी प्रयोगका सामग्री बनाउन प्रायः छाडिसकेका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले ११२ जना अधिकृतका लागि आवेदन खुल्ला गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ। सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो। अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले हालै ३५ दिनको सार्वजनिक सूचना जारी गरिसकेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भएकाले हटाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।