• १२ साउन २०८१, शनिबार

नास्टले माग्यो ११२ अधिकृत

blog

काठमाडौँ, असोज ७ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले  ११२ जना अधिकृतका लागि आवेदन खुला गरेको छ । 

खुला तथा आन्तरिक प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त फाराम आह्वान गरेको जनाएको छ । पदपूर्ति गर्नुपर्ने भएकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान , कर्मचारी प्रशासन नियमावली , २०६४ (संशोधन सहित) बमोजिम तोकिएको योग्यता र सेवा अवधि पुगेका उम्मेदवारहरूले दरखास्त फाराम भरी सेवा आयोगको कार्यालयमा सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र फाराम भर्न आयोगले सूचना जारी गरेको छ ।