• १६ भदौ २०८१, आइतबार

‘फाइनलिस्ट’ले दिए प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल–२०२२’का अन्तिम प्रतिस्पर्धीहरूले ‘स्विमसुट राउन्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन्। ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक प्रस्तुति पस्किए। 

आगामी असोज ८ मा हुने फिनालेमा ममिता थापा, अर्बिन नेपाल, आरती सर्राफ, सन्दीप साह, मनिला राना, शैलेश मगर, सुनेना तामाङ, सञ्जय पुरी, पारु भट्टराई, अनिश तामाङ, सचिता चौधरी, अग्निश्री विश्वकर्मा, सुस्मिता राई, विनोद दवाडी, गीता क्षेत्री, सञ्जु केसी, मनीषा बिडारी, समीर आचार्य, राबिया नगरकोटी, प्रबलकृष्ण सिम्खडा, साक्षी बास्तोला, आयुष न्यौपाने, सङ्गम बस्नेत, वसन्त पाण्डे, नम्रता शाही ठकुरी, श्याम गुरुङ, सन्तोषराज पन्त र आयुष मिश्रा छन्। आयोजकले युवकयुवतीलाई आत्मविश्वास र जीवन्तता देखाउन मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिएको छ।