सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दलका शीर्ष नेताबीच आगामी निर्वाचन सम्बन्धमा छलफल भइरहेको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि देशभर निर्वाचन अधिकृतको कार्यालय असोज १५ देखि २० गतेभित्र स्थापना गर्ने निर्णय गरेको छ।
युरोपियन युनियनका एसिया तथा प्यासिफिक महानिर्देशक गुनार विएगान्दले नेपाल–युरोपियन युनियनको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताउनुभएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कमा भूमिहिनका लागि निर्माण गरिएको रामनाथ एकीकृत नमूना बस्तीमा बाख्रा राखिएको पाइएको छ । भुकम्प पीडितका लागि निर्माण गरिएको घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको पाइएको हो ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले विकाससँगै नागरिकको जीवनमा परिर्तन हुनु आवश्यक रहेको बताउनुभएको छ।
नागरिकता विधेयकलाई प्रमाणीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर भएको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा शान्ति सुरक्षाको लागि आवश्यक म्यादी प्रहरीमा भर्नाको आवेदन दिने म्याद सकिएको छ। आवेदनको म्याद सकिएपछि भर्नाको लागि शुक्रबारबाट छनौट प्रक्रिया सुरुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका –८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता हुनुभएको छ । हिजो बिहीबार बिहान माछा मार्न गएका मल्ल साँझसम्म घर नफर्केपछि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा सबैभन्दा पहिला नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात निर्देशन दिनुभएको छ ।
सरकारले चाडपर्वको बेला हुने दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ ।
कैलालीको धनगढी उपमहानरपालिका –९, देवहरियास्थित शिव निम्न माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरेको छ ।
निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् ।