• ७ पुस २०८१, आइतबार

मर्यादित र अनुशासित रुपमा प्रस्तुत हुन सेनाका खेलाडीलाई निर्देशन

blog

तस्बिर : नेपाली सेना

गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा सबैभन्दा पहिला नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात् निर्देशन दिनुभएको छ ।

पोखरामा सञ्चालन हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी हुने नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशिक्षक तथा खेलाडीहरुको हौसला तथा मनोवल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।


उहाँले नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुनसमेत सेनाका खेलाडीलाई निर्देशन दिनुभयो ।

प्रधान सेनापति शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको १० करोड रुपियाँको अक्षयकोषले आगामी दिनमा खेलाडीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।