विश्वमा दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेपछि संरक्षणमा अबको बाटो के भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो दशकमा नेपालले विश्वमै दुर्लभ तथा सङ्कटापन्न अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणको एकसूत्रीय एजेन्डाको बाटो समातेर उल्लेख्य उपलब्धि हासिल गरेको छ । वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि क्रमशः वृद्धि हुँदै गएपछि मानिस कि वन्यजन्तु ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ ।
दक्षिण एसियाली पत्रकारका लागि एक सातादेखि काठमाडौँमा आयोजना भइरहेको कार्यशालाका सहभागी पत्रकारले शुक्रबार गोरखापत्र संस्थानको कार्यालयको अवलोकन गरेका छन्। अमेरिकास्थित इन्टरनेसनल सेन्टर फर जर्नालिज्मले आयोजना गरेको कार्यशालामा दक्षिण एसियाका ३८ जना पत्रकार सहभागी छन्। उनीहरूले गोरखापत्र र यसका सहप्रकाशनहरूको अवलोकन गर्दै छपाइ, वितरणलगायतका बारेमा जानकारी हासिल गरेका थिए।
२०औँ सत्याग्रहमा रहनुभएका प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न चिकित्सा क्षेत्र सम्बद्ध सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। विभिन्न सङ्गठनले शुक्रबार विज्ञप्तिमार्फत स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सुधारका विविध माग राखेर प्रा.डा. केसी १२ दिनदेखि आमरण अनशनमाबसिरहनु भएको उल्लेख गर्दै गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग युरोपेली सङ्घको संसदीय प्रतिनिधिमण्डलले शुक्रबार भेटवार्ता गरेको छ । युरोपेली संसद्का उपाध्यक्ष इभलिन रेगनरको अध्यक्षतामा नेपाल भ्रमणमा रहेको सङ्घको प्रतिनिधिमण्डलले मन्त्री खड्कासँग भेट गरेको हो । भेटवार्तामा वातावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, व्यापार तथा लगानीका क्षेत्रमा भएका र सम्भावित सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणको आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ । शुक्रबारका लागि तोकिएको पेसी हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ असोज ९ गतेका लागि तोकिएको छ । नागरिकता विधेयक प्रमाणीकरणको परमादेश माग गर्दै सर्वोच्चमा पाँचवटा रिट दर्ता भएका छन् । डा. सुनीलरञ्जन सिंह, सागर बराल, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले रिट दायर गर्नुभएको थियो ।
किलियन एमबापे र ओलिभर जिरुको गोलको सहयोगमा फ्रान्सले बिहीबार राति नेसन्स लिगमा अस्ट्रियालाई २–० ले हराएको छ। खेलका ५६औँ मिनेटमा एमबापेले तीन डिफेन्डरलाई छलाउँदै गोल गर्नुभयो। उहाँको यो २८औँ अन्तर्राष्ट्रिय गोल भएको छ। १० मिनेटपछि जिरुले एन्टोनियो ग्रिजम्यानको क्रसमा गाल गरी आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या ४९ पु¥याउनुभयो। अब उहाँ फ्रान्सका लागि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका थियरी हेनरीभन्दा मात्र दुई गोलले पछाडि हुनुहुन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा शुक्रबार विभिन्न जिल्लाका २४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेतको साबिकको घुमखहरे गाउँ विकास समिति (हाल गुर्भाकोट नगरपालिका)का सचिव खड्कबहादुर रोकायाले मोटर सिँचाइ आयोजनामा अनियमित तरिकाबाट उपभोक्ता समितिलाई पेस्की रकम दिएको आरोपमा आयोगले मुद्दा दायर गरेको छ। यस घटनामा संलग्न भएको आरोपमा सोही गाउँ विकास समितिका तत्कालीन सचिव देवीलाल सुनार, तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेकाको पनि शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण हुने भएको छ। त्यसरी समकक्षता निर्धारण गरिदिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको छ। परिषद्को अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ।
गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डित रोटरी जर्नो अवार्डद्वारा पुरस्कृत हुनुभएको छ । सन् २०२०–२०२१ का लागि उक्त अवार्ड पण्डितलाई प्रदान गरिएको हो। रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानद्वारा बिहीबार आयोजित कार्यक्रममा रोटरी इन्टरनेसनल डाइरेक्टर अनिरुद्ध रोय चौधरी, डिस्ट्रिक गभर्नर राजीव पोखरेल तथा डिस्ट्रिक पब्लिक इमेज चेयर रविप्रसाद बराललगायतले पत्रकार पण्डितलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्नुभयो। पुरस्कारको राशि २५ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ।
काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।
एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवो (मौसम)ले गृह जिल्ला पाँचथरमा दुई आयोजनाको उद्घाटन र दुई आयोजनाको शिलान्यास गर्नुभएको छ।
महंगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले अनेकथरी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दावी गर्नुभयो ।
नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि सार्वजनिक अपिल गरेको छ । कांग्रेसले घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ शुरु गरिसकिएको जनाएको छ ।
ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा परेको छ । भिमदुला पुुग्न पुर्बाधार निर्माण नहुुनुु र प्रचार प्रसारको कमीले ऐतिहाँसिक महत्व बोकेको भिमदुला ओझेलमा परेको हो ।