अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा शुक्रबार विभिन्न जिल्लाका २४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेतको साबिकको घुमखहरे गाउँ विकास समिति (हाल गुर्भाकोट नगरपालिका)का सचिव खड्कबहादुर रोकायाले मोटर सिँचाइ आयोजनामा अनियमित तरिकाबाट उपभोक्ता समितिलाई पेस्की रकम दिएको आरोपमा आयोगले मुद्दा दायर गरेको छ। यस घटनामा संलग्न भएको आरोपमा सोही गाउँ विकास समितिका तत्कालीन सचिव देवीलाल सुनार, तत्कालीन प्राविधिक सहायक खगेन्द्रप्रसाद उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा न्यूनतम ग्रेड नपुगी विदेशी शिक्षण संस्थामा अध्ययन गरेकाको पनि शैक्षिक प्रमाणपत्रको समकक्षता निर्धारण हुने भएको छ। त्यसरी समकक्षता निर्धारण गरिदिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले निर्णय गरेको छ। परिषद्को अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ।
गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डित रोटरी जर्नो अवार्डद्वारा पुरस्कृत हुनुभएको छ । सन् २०२०–२०२१ का लागि उक्त अवार्ड पण्डितलाई प्रदान गरिएको हो। रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानद्वारा बिहीबार आयोजित कार्यक्रममा रोटरी इन्टरनेसनल डाइरेक्टर अनिरुद्ध रोय चौधरी, डिस्ट्रिक गभर्नर राजीव पोखरेल तथा डिस्ट्रिक पब्लिक इमेज चेयर रविप्रसाद बराललगायतले पत्रकार पण्डितलाई संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्नुभयो। पुरस्कारको राशि २५ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ।
काठमाडौं अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ। महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।
एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवो (मौसम)ले गृह जिल्ला पाँचथरमा दुई आयोजनाको उद्घाटन र दुई आयोजनाको शिलान्यास गर्नुभएको छ।
महंगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले अनेकथरी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दावी गर्नुभयो ।
नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि सार्वजनिक अपिल गरेको छ । कांग्रेसले घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ शुरु गरिसकिएको जनाएको छ ।
ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा परेको छ । भिमदुला पुुग्न पुर्बाधार निर्माण नहुुनुु र प्रचार प्रसारको कमीले ऐतिहाँसिक महत्व बोकेको भिमदुला ओझेलमा परेको हो ।
धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको उदघाटन भएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उदघाटन शुक्रबार एक समारोहबीच अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्कट हेमिल्टनले गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटी उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ।
ताप्लेजुङस्थित जिल्ला सुरक्षा समितिले चाडपर्व र मेला महोत्सवलाई शान्त वातावरणमा मनाउन साथै सम्पन्न गर्न सबै पक्षसँग आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा (एमाले)लगायतका बिचार मिल्ने दलसँग चुनावी सहकार्य गर्न समिति बनाएको छ ।