लेबनानमा चढेको एउटा डुङ्गा सिरियाको तटमा डुब्दा ५३ आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएको छ ।
स्थगित भएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइको मिति तोकिएको छ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति भण्डारी प्रमाणीकरण नगरेको भन्दै बिहीवार पाँच वटा रिट दर्ता भएको थियो ।
अठ्ठाइस जिल्लामा परीक्षणका लागि लागू भएको कक्षा ५ को पाठ्क्रमको अनुगमन गर्न पाठ्क्रम विकास केन्द्रका निर्देशकसहितको टोली बैतडी पुगेको छ । शैक्षिकसत्र २०७९ बाट सुदूरपश्चिम प्रदेशको बैतडी र अन्य प्रदेशका हिमाल, पहाड र तराई गरी २८ वटा विद्यालयमा कक्षा ५ को परिमार्जित पाठ्क्रम लागू भएको छ ।
सरकारले जारी गरेको भू–उपयोग नियमावली प्युठानमा कार्यान्वयन हुन सकेको छैन। नियमावली लागू गर्न स्थानीय तहको ढिलाई गरेका छन । प्युठानमा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने भू–उपयोग परिषद् नै बनाउन सकेका छैनन्। आवास्यक प्रक्रिया समेत अगाडि नबढ्दा नौ वटा स्थानीय तहमा जग्गा वर्गिकरणको काम भएको छैन ।
कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु. ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु ११ करोड ३७ लाख ३२ हजार खर्च भएको छ ।
हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।
मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ। बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति विभागको सहकार्यमा ठमेलस्थित आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो। प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारका साथै कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा ती कलाकारका साथै बेलायती कलाकार नौसिन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनिमीको कलासमेत राखिएको छ। बङ्गलादेशको होविगन्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिनुभयो। उहाँले कला प्रदर्शनीले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन टेवा पुग्ने बताउनुभयो।
बजारमा दशैँको माहोल र किनमेलको चटारोले सडक भरिभराउ हुन थालिसकेको छ। दशैँको माहोलले कलाकारलाई नछुने कुरै भएन। उनीहरूलाई पनि किनमेलको भ्याइनभ्याइ छ। कलाकारहरू कुन लुगा लगाउने र कसरी दशैँ मनाउने भन्ने चटारोमा देखिन्छन्। बुटिकमा लुगा बनाउनेदेखि विभिन्न सपिङ मलतिर किनमेलमा व्यस्त छन् कलाकर। “लुगा त जहिल्यै किनिन्छ तर दशैँ भन्नेबित्तिकै नयाँ लुगा सम्झिइन्छ,” नायिका ऋचा शर्मा भन्नुहुन्छ, “यस पर्वका लागि विशेष लुगा लगाउने विचारमा छु। बुटिकमा लुगा बनाउन दिएको छु। साधारणतया हामी कलाकारलाई सधैँ नयाँ लुगा आवश्यक पर्छ। कहिले कता कार्यक्रम त कहिले कता तर पनि दशैँ भन्नेबित्तिकै एउटा नौलो अनुभव हुन्छ।”
सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल–२०२२’का अन्तिम प्रतिस्पर्धीहरूले ‘स्विमसुट राउन्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन्। ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक प्रस्तुति पस्किए।
अभिनेता बुद्धि तामाङ विवाहबन्धनमा बाँधिने हुनुभएको छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार उहाँले विवाह गर्दै हुनुहुन्छ । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थीसमेत हुनुहुन्छ । परिवारबाटै उहाँसँग भेट भएको अभिनेता तामाङले जानकारी दिनुभयो । ‘साँघुरो’, ‘कबड्डी’, ‘टलकजङ भर्सेज टुल्के’, ‘वडा नम्बर ६’, ‘घामपानी’, ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल’, ‘वीरविक्रम’लगायतका चलचित्रमा तामाङले अभिनय गर्नुभएको छ ।
हिन्दुहरूको महान् पर्व विजयादशमी तथा शुभदीपावलीलगायतका चाडपर्वलाई लक्षित गरी मालिका गाउँपालिकाले ग्रामीण स्तरका सडक मर्मत गर्न थालेको छ। देश तथा विदेशबाट पर्व मनाउन गाउँमा आउने धेरै हुने र सहज रूपमा यात्रा होस् भनेर ग्रामीण स्तरका सडक मर्मत र सफा गर्ने कामलाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
रुकुमपूर्वको भुमे गाउँपालिका–३ राम्लीलेकका गोठालाहरू भैँसी तथा गाईबस्तुसँगै औल (बेँसी) झर्न थालेका छन्। शरदयाम नजिकिएसँगै लेकमा चिसो बतास चल्न थालेपछि गोठालाहरू बेँसी झर्न थालेका हुन्। समुद्री सतहबाट करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको राम्लीलेकसँगै रिकाधुरी, साउने भदौरे लेक र बुकिपाटनबाट पनि गाईबस्तु तथा भैँसीहरू औल झारिएका छन्।