• १३ साउन २०८१, आइतबार

बङ्गलादेशी कलाकारको प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ। बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको  समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति विभागको सहकार्यमा ठमेलस्थित आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो। 

प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारका साथै कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा ती कलाकारका साथै बेलायती कलाकार नौसिन फर्जाना र डेनमार्कका कलाकार सुसाना हेरेन्ससिनिमीको कलासमेत राखिएको छ। बङ्गलादेशको होविगन्ज चारुखोला एकेडेमीका निर्देशक एवं आर्टशालाका सञ्चालक आशिष आचार्यले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शन गरेको जानकारी दिनुभयो। उहाँले कला प्रदर्शनीले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन टेवा पुग्ने बताउनुभयो।