• १६ भदौ २०८१, आइतबार

विवाह गर्दै कलाकार बुद्धि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । अभिनेता बुद्धि तामाङ विवाहबन्धनमा बाँधिने हुनुभएको छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा मकवानपुरकी अनु थिङसँग शुक्रबार तामाङ परम्पराअनुसार उहाँले विवाह गर्दै हुनुहुन्छ । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थीसमेत हुनुहुन्छ । परिवारबाटै उहाँसँग भेट भएको अभिनेता तामाङले जानकारी दिनुभयो । ‘साँघुरो’, ‘कबड्डी’, ‘टलकजङ भर्सेज टुल्के’, ‘वडा नम्बर ६’, ‘घामपानी’, ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल’, ‘वीरविक्रम’लगायतका चलचित्रमा तामाङले अभिनय गर्नुभएको छ ।