लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गतेका लागि आह्वान गर्नुभएको छ ।
धनकुटामा रहेको राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रमा स्थानीयहरू सुन्तला टिप्न व्यस्त छन् । विभिन्न सुन्तला जातका बिरुवा तथा सुन्तला अनुसन्धान गर्नका तथा सुन्तला उमार्न तालिम तथा माटो अनुसारको सुन्तला हुर्काउन यो केन्द्रले काम गर्दै आएको छ । यहाँबाट उत्पादित सुन्तला बजारमा उत्कृष्ट मानिन्छ ।
दिदीबहिनीको माया “आहा ! कति राम्रो कार्यक्रम रहेछ,” प्रतिभाले रमाउँदै भनी । “त्यही त कस्तो रमाइलो रहेछ । म त यो कार्यक्रम हरेक साता हेर्छु,” प्राश्नाले पनि रमाउँदै भनी । प्राश्ना र प्रतिभा एकदमै मिल्ने दिदी र बहिनी थिए । उनीहरूको बोली, व्यवहार र पढाइले गर्दा सबै गुरुआमा तथा गुरुबा खुसी थिए । उनीहरू सँगसँगै टिभी हेरिरहेका थिए । अचानक उनीहरूको बुवाले भन्नुभयो, “प्राश्ना, प्रतिभा, जाऊ गएर सुत भोलि बिहान चाँडै उठ्नुपर्छ ।”
सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको तथ्य सार्वजनिक भएको छ। कैलालीका चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिका–४ मा छ महिनामा गरिएको अध्ययनले सो तथ्य सार्वजनिक भएको हो। जलवायु परिवर्तनले समयमा वर्षा नहुने त्यसले गर्दा खेतीपातीमा असर गर्ने, बाढी, पहिरो, असिनापानीले पनि खेतीपाती नष्ट हुने र उपयुक्त खानपान नपाउँदा प्रजनन स्वास्थ्यमा समस्या परेको अध्ययनमा उल्लेख छ।
भूकम्पले पालको बास बस्न बाध्य डोटीको पूर्वीचौको–३, गैरागाउँकी १५ वर्षीया देवी भुललाई महिनावारी हुँदा छाउछाप्रोमा बस्न निकै कठिन छ। देवी भुलको छाउछाप्रो च्यात्तिएको प्लास्टिक र परालले बेरबार पारेर बनाइएको छ। फलेकमाथि एकसरो लुगाले चिसोमा रात कटाउनु देवी भुलको बाध्यता छ। गैरागाउँ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। गाउँमा खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरको समेत डर हुन्छ। देवता रिसाउने र थप अनिष्ट हुने डरले भूकम्पपछिका दिनमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने प्रथालाई महिलाले अझ कडाइसाथ पालना गर्न थालेका छन् । स्थानीय जयराम भूलले भन्नुभयो, “केही दिनअघि मात्र छाउगोठ नजिकै सर्प देखिएको छ। यदि देउता नरिसाएको भए पुस महिनामा कसरी सर्प आयो। छाउपडी नमान्ने कुरा त हामी सोच्नै पनि सक्दैनौँ।”
राष्ट्रिय राजनीतिमा फेरबदल आएसँगै त्यसको असर कर्णाली प्रदेशमा पनि परेको छ। जसले गर्दा नेपाली कांग्रेसले अब कर्णालीमा सरकार बनाउने हैसियत गुमाएको छ। कर्णालीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार बन्ने अवस्था छ। योसँगै कर्णालीमा नेकपा (एमाले) कि नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गर्ने भन्ने विषय चर्चा र बहसको विषय बनेको छ।
गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ। असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। छायानाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो। लामो समयसम्म सडक बन्द हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रामछिता नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताउनुभयो।
पश्चिम सुर्खेतको भेरी नदी किनारका दुई पालिकाका करिब चौबीस सय घरधुरी पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घरधुरीले भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो।
तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नो पालिकालाई बालश्रममुक्त क्षेत्र बनाउने अभियान थालनी गरेको छ । नेपालको संविधानको धारा ३९ (४)मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानीलगायत अन्य जोखिम काममा लगाउन नपाइने व्यवस्था गरिएको छ ।
अर्घाखाँचीको वराहनेटा आधारभूत विद्यालयमा कक्षा ७ को गणित विषयको नियमित पढाइ हुनसकेको छैन। सदरमुकाम सन्धिखर्कमा रहेको सो विद्यालयमा शिक्षकको अभावमा उक्त विषयको पठनपाठन हुन नसकेको हो।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको ऐतिहासिक छिप्रिदह संरक्षणका लागि मन्दिर र पार्क निर्माणको काम अघि बढेको छ। रुकुमकोट सहरीकरण उन्मुख भएपछि बढेका विभिन्न गतिविधिका कारण छिप्रिदह सङ्कटका परेको भन्दै स्थानीय सरकारले छिप्रिदह संरक्षण तथा मन्दिर निर्माण योजना ल्याएको हो।
स्वच्छ वातावरणमा बाँच्न पाउनु मानवलगायत यस पृथ्वीका सबै जीवको अधिकार हो। स्वच्छ वातावरणका निम्ति चेतनशील प्राणीका नाताले मानव जातिको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुनुपर्ने हो तर मानव निर्मित प्रदूषण पर्यावरण बिगार्ने प्रमुख कारण बन्दै छ। मानव जातिकै कारण वातावरणमा कार्बनडाइअक्साइड उत्सर्जन अत्यधिक मात्रामा भइरहेको छ। वनजङ्गल विनाश, जैविक इन्धनको थेग्नै नसकिने उपभोग इत्यादिका फलस्वरूप वातावरणमा हरितगृह ग्यासको मात्रा बर्सेनि बढ्दो छ। संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले हालै सार्वजनिक गरेको ‘स्टेट अफ द ग्लोबल क्लाइमेट स्ट्डी’ को प्रतिवेदनअनुसार हरितगृह ग्यास वृद्धिकै कारण बितेका आठ वर्षमा हालसम्मकै सबैभन्दा बढी गर्मी वर्ष भएका छन्।