• २० असोज २०८१, आइतबार

शिक्षक नहुँदा विद्यार्थीले पाएनन् पढ्न

blog

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, पुस १४ गते । अर्घाखाँचीको वराहनेटा आधारभूत विद्यालयमा कक्षा ७ को गणित विषयको नियमित पढाइ हुनसकेको छैन। सदरमुकाम सन्धिखर्कमा रहेको सो विद्यालयमा शिक्षकको अभावमा उक्त विषयको पठनपाठन हुन नसकेको हो। 

स्थानीय सरकार, विद्यालय व्यवस्थापन र विद्यालय प्रशासनको आपसी विवादका कारण सो विषयको शिक्षक नियुक्त हुन नसक्दा कक्षा ७ मा अध्ययनरत २३ जना विद्यार्थीले गणित विषय पढ्न नपाएका हुन्। 

सो विद्यालयका सूचना अधिकारी सुदीप केसीले शैक्षिकसत्र सकिन लाग्दा पनि गणित विषयको पठनपाठन नभएको जानकारी दिनुभयो। 

तर, सन्धिखर्क नगरपालिका शिक्षा अधिकृत मञ्जु आचार्य सरोकारवाला पक्षले आफ्नो जिम्मेवारी पूरा नगरेकाले यस्तो समस्या आएको बताउनुभयो। विद्यालयमा निमावि तहमा राहत, अनुदान गरी तीन जना, प्रावि तहमा स्थायी, अस्थायी, राहत गरी सात जना, बाल विकासमा एक जना र विद्यालय कर्मचारी एक जना गरी १२ जना शिक्षक कर्मचारी छन्।