रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुस १ गतेदेखि सञ्चालित नेपाल–भारत संयुक्त सैनिक अभ्यास बिहीबार सम्पन्न भएको छ । अभ्यासको बलाधिकृत रथी सरोज प्रताप राणाले एक कार्यक्रमबीच समापन गर्नुभयो ।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको प्रथम आमन्त्रित जय हुमागाईं गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि बीवाईएससी मेन्नेसोटा अमेरिकाले लगेको छ।
सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने भएको छ ।
गुल्मीको मुख्य सडक र बजारमा भुस्याहा कुकुरको आतङ्क मच्चिएकाे छ । केही महिना शान्त रहेको तम्घासमा पुनः भुस्याहा कुकुरको आतंक मचिँदा नियन्त्रण र ब्यबस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक गरिएको छ ।
पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।
खिजिदेम्बा गाउँपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ ।
पाँचथरको फिदिममा जारी चासोक मेलाका अवसरमा आयोजित सुम्हात्लुङ मिनि म्याराथन प्रतियोगितामा पुरुष तर्फ धरानका प्रसान्त तामाङ र महिला तर्फ ताप्लेजुङकी समपाल्मुु सेर्पाले जित्नु भएको छ ।
बाँकेका दुई दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएको छ । टेलिकमले राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा थप टावर जडान गर्नुभएको हो ।
नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
विराटनगर सुपर किंग्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा रेन्जर्सलाई आठ विकेटले हरायो । लिगमा विराटनगरको यो दोस्रो जित हो ।
स्पेनले हाल लेबनानमा कार्यरत रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई थप सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो इच्छा व्यक्त गर्नुभएको बताइएको छ । उहाँ लेबनान भ्रमणमा जानुभएको छ ।
सशस्त्र प्रहरीले सिराहाको विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार चार सय रुपियाँ बराबरको लत्ताकपडा र अगरबत्तीको धूलो बरामद गरेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशमा संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ ।
सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।