यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका –४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।
पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेल समूहले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिले हुन गइरहेको निर्वाचनका लागि सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डेय चयन हुनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठीक ठाउँमा आउने बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
मेक्सिकोको सीमामा रहेका लाखौँ आप्रवासीलाई स्वदेश फर्काउन कोभिड–१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको छ ।
बागमती प्रदेश प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याउनुभयो ।
नेपाल बैङ्क लिमिटेडले पुतलीबजार नगरपालिकाको प्राङ्गणमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
२४ औँ पोखरा सडक महोत्सव उद्घाटनका क्रममा निकालिएको र्यालीमा सहभागीहरु ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्नुभएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –१ थिङ्लाबुमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । बुधबार भएको आगलागीबाट थिङ्लाबु थुङ्थापका बलबहादुर लिम्बू, बिरध्वोज लिम्बू र भक्तबहादुर लिम्बूको घर जलेर नष्ट भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ ।